बिरगंजमा डेढ वर्षीय बालकको मिर्गौलाको नारायणी सेन्ट्रल अस्पताल द्वारा सफल शल्यक्रिया

 

अभिलाष गुप्ता
डेढ वर्षीय बालकको देब्रे मिर्गौलामा पानीको फोको जमेर सम्पूर्ण मिर्गौला खराब भएपछि सफल शल्यक्रियाबाट नयाँ जीवन दिइएको छ । बिरगंज स्थित नारायणी सेन्ट्रल अस्पतालको चिकित्सक टोलीले पहिलो पटक यस्तो शल्यक्रिया गर्दै नयाँ इतिहास रचेको छ ।

Advertisement

बालकलाई लामो समयदेखि ज्वरो आउने, खाना नखाने, र स्वास्थ्य अवस्था बिग्रँदै जाने समस्या देखिएको थियो । प्रारम्भमा बिरगंजका केही अस्पतालका चिकित्सकहरूले बालकको मिर्गौला निकाल्नुपर्ने हुन सक्छ भनेर सुझाव दिए । त्यसपछि परिवारले काठमाडौँस्थित कान्ति बाल अस्पताल र टिचिङ अस्पतालमा पनि परामर्श लिएका थिए । दुवै अस्पतालका विशेषज्ञहरूले मिर्गौला फाल्नुपर्ने सुझाव दिएपछि परिवारले बालकलाई बिरगंजमै उपचार गराउने निर्णय गरेका थिए ।

बिरगंजस्थित नारायणी सेन्ट्रल अस्पतालमा बच्चाको स्वास्थ्य अवस्थाको मूल्याङ्कन गरी मिर्गौला शल्यक्रिया गर्न तयार गरिएको थियो । अस्पतालका वरिष्ठ चिकित्सक डा. नितेश कर्ण सर्जन डा. सञ्जय शाह सर्जन र डा. नूर आलम एनेस्थेसिया सहितको विशेषज्ञ टोलीले नेफ्रेक्टोमी शल्यक्रिया मिर्गौलाको फोकासहितको खराब भाग हटाउने प्रक्रिया सफलतापूर्वक सम्पन्न गरेका छन् ।
शल्यक्रिया सफल भएपछि बालकलाई सकुशल डिस्चार्ज गरिएको छ । बालकका परिवारजनले उपचारमा खटिएका चिकित्सक टोली र अस्पताललाई धन्यवाद व्यक्त गरेका छन् ।

Advertisement

अस्पताल प्रशासनका अनुसार नारायणी सेन्ट्रल अस्पतालमा पहिलो पटक यस्तो जटिल शल्यक्रिया सफल भएको हो । यसले बिरगंज र आसपासका क्षेत्रमा जटिल शल्यक्रिया गर्नका लागि पनि यो अस्पताल सक्षम रहेको प्रमाणित गरेको छ ।यो सफलता हाम्रो अस्पतालका चिकित्सक टोलीको अद्वितीय क्षमताको प्रमाण हो । हामीले भविष्यमा पनि यस्ता चुनौतीपूर्ण केसलाई यहाँबाट नै उपचार गर्ने प्रतिबद्धता व्यक्त गर्दछौँ अस्पताल प्रशासनले एक विज्ञप्ति मार्फत जानकारी दिईएको छ।

Advertisement