लायन्स इसामे फोरममा भाग लिन अमित थापा भारत प्रस्थान

अभिलाष गुप्ता
बिरगंज २७ मंसिर अन्तर्राष्ट्रिय पर्वत दिवसको अवसरमा, सर्वोच्च शिखर हिमालको राजधानी काठमाडौँबाट मोटरसाइकल चालक युवा लायन अमित थापा भारतको हैदराबादमा आयोजना हुने लायन्स इसामे फोरममा भाग लिन प्रस्थान गरेका छन्।

Advertisement

प्रस्थानअघि लायन्स महानगर वीरगञ्जमा भूतपूर्व अन्तर्राष्ट्रिय निर्देशक पी.एम.जे.एफ. ई. संजय खेतानको गरिमामय उपस्थितिमा अमित थापालाई स्वागत गर्दै प्रेरणा प्रदान गरिएको थियो। कार्यक्रममा क्षेत्रीय प्रमुख लायन श्याम गुप्ता, बासु तिमिल्सिना लगायतका व्यक्तिहरूको पनि उपस्थिति थियो।

यो कार्यक्रमले थापालाई नयाँ उत्साह र प्रेरणा प्रदान गरेको छ भने अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिनिधित्व गर्ने अवसर पनि सिर्जना गरेको छ।

Advertisement

 

Advertisement