अभिलाष गुप्ता
बिरगंज २७ मंसिर भारत-नेपाल सीमा क्षेत्रमा सुरक्षा जिम्मेवारी सम्हालिरहेको एसएसबी र रक्सौल नकरदेई थाना टोलीले संयुक्त कारबाही गर्दै २७८ ग्राम ब्राउन सुगरसहित चार नेपाली नागरिकलाई पक्राउ गरेको छ।
Advertisement
पक्राउ परेका व्यक्तिहरूको पहिचान वीरगञ्ज महानगरपालिका वडा नं १२ का विशाल कुमार, वडा नं ६ रेशमकोठीका आयुष अग्रवाल, बारा जिल्लाको नितनपुरका रामकिशोर साह कानु र पर्साको रामटोलका राजेश प्रसाद यादवको रूपमा गरिएको छ।
चारैजनालाई लागुऔषध नियन्त्रण ऐन (एनडीपीएस एक्ट) अन्तर्गत मुद्दा दर्ता गरी न्यायिक हिरासतमा पठाइएको छ।
Advertisement
यसअघि पनि सो क्षेत्रमा मादक पदार्थसहितको तस्करीको घटना सार्वजनिक भइसकेको छ। स्म्याक र ब्राउन सुगरको कारोबार तथा तस्करीका घटनाका कारण यो क्षेत्र बदनाम रहेको छ। तर, हालै आएका प्रहरी प्रमुख (एसपी) स्वर्ण प्रभातको नेतृत्वमा लगातार कारबाहीहरू भइरहेका छन।




















प्रतिक्रिया