वीरगञ्जकी साना प्रविनसहित नेपाली टोलीको बिदाइ, यु-१९ महिला एसिया कप खेल्न मलेसिया प्रस्थान

 

 

Advertisement

अभिलाष गुप्ता
वीरगञ्ज २७ मंसिर मलेसियामा शनिवारदेखि सुरु हुने एसिसी यु-१९ महिला एसिया कपमा सहभागी हुन नेपाली टोलीको बिदाइ गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीवार पुजा महतोको कप्तानीमा रहेको टोलीलाई बिदाइ गरेको हो।

वीरगञ्ज महानगरपालिका निवासी साना प्रविनसहितको टोलीमा किरण कुमारी कुवँर र अनु कडायतजस्ता नयाँ अनुहार समावेश छन्। गत महिना यु-१९ महिला विश्वकपमा नेपाललाई पहिलो पटक छनोट गराउन सफल टोलीमा एक खेलाडी परिवर्तन गरिएको छ। मनिषा उपाध्यायले स्थान गुमाउँदा किरण र अनुले टोलीमा स्थान पाएका हुन्।

Advertisement

पहिलो पटक आयोजना हुन लागेको यु-१९ महिला एसिया कपमा नेपाल समूह ‘बी’ मा भारत र पाकिस्तानसँगै रहेको छ। प्रतियोगितामा नेपालले पुस १ गते (डिसेम्बर १६) पाकिस्तानसँग र पुस २ गते (डिसेम्बर १७) भारतसँग प्रतिस्पर्धा गर्नेछ।यु-१९ महिला विश्वकपमा स्थान सुरक्षित गरेपछि नेपाललाई एसिया कपमा सहभागिता जनाउने मौका मिलेको हो। आगामी वर्ष जनवरीमा मलेसियामै आयोजना हुने विश्वकपमा नेपाल समूह ‘डी’ मा अस्ट्रेलिया, बंगलादेश, र स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।

नेपाली टोली सोनी पाख्रिन, वीरगञ्जकी साना प्रविन, किरन कुमारी कुवँर, कृष्मा गुरुङ, स्नेहा महरा, सावित्रा धामी, तृषना विक, रिया शर्मा, अलिशा कुमारी यादव, पूजा महतो, कुसुम गोदार, सिमाना केसी, ज्योत्सिका मरासिनी, रचना चौधरी र अनु कडायत।वीरगञ्जको खेल क्षेत्रलाई गर्व गराउँदै साना प्रविनको सहभागिता नेपाली टोलीका लागि थप बलियो आधार सावित हुने अपेक्षा गरिएको छ।

Advertisement

समूह विवरण समूह ‘ए’: श्रीलंका, बंगलादेश, मलेसिया।
समूह ‘बी’: नेपाल, भारत, पाकिस्तान।
एसिया कपमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यसहित नेपाली टोली आज उत्साहका साथ मलेसियातर्फ प्रस्थान गरेको छ।