अभिलाष गुप्ता
बिरगंज २८ मंसिर उपकार सेवा नेपाल नामक संस्थाले पर्साको ठोरी गाउँपालिका वार्ड न.१ भगवाननगर स्थित वृद्ध -वृद्धा आश्रममा सहयोग गरेका छन।
Advertisement
उपकार सेवा नेपालले हरेक महिना झैँ यस महिनामा पनि ठोरी गाउँपालिका वार्ड न.१ भगवाननगर स्थित वृद्ध -वृद्धा आश्रममा आश्रीत २३ जना अपाङ्ग ,सुस्त मन्सथिति एवम् वृद्ध बृद्धा ,आमा बुवा तथा बालबालिकाहरुको उपभोगको लागी जाडो मौसममा न्यानो कपडा टाउजर ३०थान,जैकेट ३०थान,दाल ,नून खानेतेल चना ,स्वाबिन,चामल पिठो ,भुजा ,चाउचाउ,बिस्कुट सनेटरी पैड ,डाइफर, फिनाईल लगायतको दैनिक उपभोगय सामाग्रीहरु समेत प्रबन्ध गरिएको छ।सोही आश्रमको प्रङ्गणमा एक कार्यक्रम आयोजना गरि संस्थाको अध्यक्ष विद्या कुमारी सरावगीले आश्रमको सदस्य राम बहादुर थिङ्गलाई सो सामाग्रीहरु हस्तान्तरण गरिएको हो।सो सामानहरु आश्रमको लागि प्रत्येक महिना उपकार सेवा नेपाल संस्थाले प्रदान गरिएको छ।
स्वास्थ्य अवस्था ठिक नभैई शारीरिक अवस्था पनि पुर्ण रुपमा अपाङ्ता भएकाहरु लाई
उनिहरुको स्वस्थ्यलाई ख्याल गर्दै सो कार्य गरिएको अभियान्ता प्रकाश थारुले बताएका थिए।
सो कार्यक्रममा अध्यक्ष सरावगीको उपस्थितिमा गरिएको समाजिक अभियान्ता प्रकाश थारुले जानकारी गराएका थिए।



















प्रतिक्रिया