Advertisement
अभिलाष गुप्ता
बिरगंज २८ मंसिर कुखुरा पालन व्यवसायमा आकर्षण बढिरहेको परिप्रेक्ष्यमा किसानहरूको सीप अभिवृद्धि र उत्पादन व्यवस्थापनमा सुधार गर्नका लागि सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर २ कार्यलयको आयोजनामा एक दिने ” ब्रोइलर कुखुरा पालन तथा व्यवस्थापन तालिम”सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर २ को अध्यक्ष चिरञ्जीवी महतो थारुको अध्यक्षतामा सम्पन्न भएको छ।
कार्यक्रमको प्रमुख अतिथि सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष श्री यसवन्त यादवले कुखुरा पालन व्यवसायले ग्रामीण क्षेत्रका किसानहरुको आर्थिक सशक्तीकरणमा महत्त्वपूर्ण योगदान पुरयाउन सक्ने बताउदै यसलाई व्यवस्थित र आधुनिक तरिकाले अगाडि बढाउन आवश्यक रहेको धारण राखनु भयोएको थियोे । सो कार्यक्रममा चालीस जनाको सहभागिता रहेको थियो। सहभागी किसानहरूलाई कुखुरा पालनसम्बन्धी आधुनिक प्रविधि, स्वास्थ्य व्यवस्थापन, आहार व्यवस्थापन, रोगनियन्त्रण, तथा आर्थिक रूपमा फाइदाजनक उत्पादनका उपायहरूबारे जानकारी प्रदान गरिएको थियो।
तालिमका प्रशिक्षक कान्तिपुर भेट ग्रुप ललितपुर,बालकुमारीबाट आउनु भएका डा. मनोज लामिछाने शर्माले ब्रोइलर पालन व्यवसायलाई थप प्रभावकारी बनाउन आधुनिक प्रविधि र व्यवस्थापनको आवश्यकता माथि जोड दिनुभएको थियो। उहाँले कुखुराको आहार सन्तुलन, स्वस्थ वातावरणको महत्त्व र रोग नियन्त्रणका उपायहरूबारे विस्तृत रूपमा प्रशिक्षण दिनुभएको थियो।अन्तमा वडा अध्यक्ष श्री चिरञ्जीवी महतो थारुले सहभागीहरूलाई व्यावसायिक रूपमा आत्मनिर्भर बनाउन र यस क्षेत्रमा उत्पन्न चुनौतीहरूको समाधान गर्न यो तालिम उपयोगी हुने विश्वास व्यक्त गरेका छन्।
Advertisement
सहभागी किसानहरूले तालिमबाट आफूलाई नयाँ ज्ञान र प्रविधिबारे जानकारी प्राप्त भएको र भविष्यमा यसले व्यवसायमा टेवा पुग्ने बताएका छन्।तालिममा कान्तिपुर भेट ग्रुप ललितपुर बाट आउनु भएका दयाराम कडेल एरिया मेनेजर दिपेश कुमार शर्मा सिनियर सेल्स अफिसर श्याम कुमार बन्जारा सेल्स अफिसर जनप्रतिनिधि सदस्यहरु लगायतहरुको उपस्थिति रहेको पशु प्राबिधिक रोशन कडेलले जानकारी गराएका थिए।




















प्रतिक्रिया