करिब ३० हजार अमेरिकी डलरसहित एकजना पक्राउ

 

अभिलाषा गुप्ता
बिरगंज २८ मंसिर झापा जिल्लाबाट करिब ३० हजार अमेरिकी डलरसहित एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा झापा गौरादह नगरपालिका-५ का २५ वर्षीय मोहम्मद नौसाद मिया रहेका छन्।

Advertisement

इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले बिहीबार दिउँसो करिब २ बजे झापाको कमल गाउँपालिका-३ स्थित पूर्व-पश्चिम राजमार्गमा सवारी साधन चेकजाँच गर्ने क्रममा मियाको साथबाट २९ हजार ७ सय अमेरिकी डलर बरामद गरेको हो।

प्रहरीका अनुसार उनीमाथि शंकास्पद गतिविधिको आधारमा चेकजाँच गर्दा ठूलो मात्रामा अमेरिकी डलर भेटिएको थियो। अहिले उनको विषयमा थप अनुसन्धान भइरहेको छ। यसबारे थप विवरण खुलाउन प्रहरीले तयारी गरिरहेको जनाइएको छ।
पक्राउ परेका मिया र बरामद रकम कानुनी प्रक्रियाका लागि आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

Advertisement

 

Advertisement