प्याब्सन बिरगंज नगर समितिको अध्यक्षमा राहुल श्रीवास्तव निर्वाचित

 

Advertisement

अभिलाष गुप्ता 

बिरगंज २८ मंसिर निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सन बिरगंज नगर समितिको अध्यक्षका पदमा राहुल श्रीवास्तव निर्वाचित भएका छन् ।

Advertisement

शुक्रवार भएको निर्वाचनमा २६ मत पाएर माउन्ट मकालु स्कुलका प्रधानाध्यापक राहुल श्रीवास्तव अध्यक्षमा निर्वाचित भएका हुन् ।उनका प्रतिद्वन्द्वी बिरगंज कलेजका डा. दीपेन्द्र कुमार चौधरीले १८ मत प्राप्त गरेको रोशनी श्रीवास्तवले जानकारी दिएकी थिईन।

प्याब्सन नगर समितिको तेस्रो अधिवेशनले नयाँ नेतृत्व पाएसँगै अब अरू पदाधिकारी पनि चयन गरिनेछ ।
अरू पदका लागि भने चुनाव नभएर सहमतिका आधारमा चयन गरिने पुर्व अध्यक्ष आलोक चौरसियाले बताएका थिए।

Advertisement

सो निर्वाचनमा शिवजी गुप्ता,सरोज चौधरी,आलोक चौरसिया लगाएतकाहरु एवम् नेपाल प्याब्सन बिरगंजका विद्यालयहरुको शिक्षकहरुको उपस्थिति रहेको थियो।