सामाजिक विकास सेवा समिति बालिरामपुर द्वारा एक गरिब परिवारको छोरिको बिहेमा लागने सम्पुर्ण खर्च

 

अभिलाष गुप्ता
बिरगंज २८ मंसिर आज सामाजिक विकास सेवा समिति बालिरामपुर द्वारा एक गरिब परिवारको छोरिको बिहेमा लागने सम्पुर्ण खर्च बेहोर्ने भएको छ। सामाजिक विकास सेवा समिती बालिरामपुरका अध्यक्ष प्रदिप गुप्ताका अनुसार बिश्रामपुर गाउँ पालिका वडा नम्बर ४ बलिरामपुर मा बस्ने सरोज मह्तोको एकदम दयनिय अवस्था रहेको हुनाले मह्तो को छोरिको बिहेमा आउने सम्पूर्ण गाउँबासी तथा जन्ती (बारति) हरुको लागि नास्ता खुवाउने देखी लिएर भोजभतेर सम्मको सम्पूर्ण खर्च बेहोरी सहयोग गरिएको छ । मह्तोको छोरी को बिहे सु-सम्पन्न होस् भनि कामना समेत गरेका थिए।

Advertisement

उहाको भनाई अनुसार यदी यस्तो किसिमको कसैलाई सहयोग चाहीन्छ भने हामीसंग सहयोग लिन सक्नु हुन्छ या कोही दानवीर हुनु हुन्छ भने हामीलाई दिन सक्नु हुन्छ।उहाले थपनु भो तपाईहरुको साथ सहयोगले हामी कसैको मदत गर्न सक्छौँ

सो कार्यक्रममा सामाजिक विकास सेवा समितिका सदस्यहरु घुपेन्द्र गुप्ता, सामाजसेवि संजय गुप्ता र यसै गरी बालिरामपूर युवा क्लब का अध्यक्ष शिवम गुप्ता, एवम सद्स्य निरज गुप्ता, शेषनाथ मह्तो, अमित मह्तो,श्याम नारायण गुप्ता , रुपेश गुप्ता, हरिओम महतो, बिक्रम राम नागराज गुप्ता र मुराली राम लगाएतहरुकोहरुको उपस्थितिमा सम्पन्न भएको थियो।

Advertisement

 

 

Advertisement