
Advertisement
अभिलाष गुप्ता
बिरगंज २९ मंसिर बिरगंजको घन्टाघर स्थित बयारेक रोडमा शिव मन्दिर नजिक लायन्स क्लब अफ बीरगंज आदर्शनगर एवम लायन्स क्लब अफ बीरगंज सखी एरिया ३ द्वारा निशुल्क खाना बितरण कार्यक्रम सम्पन्न भएको छ।
Advertisement
सो कार्यक्रमको प्रमुख संयोजक बिमल जैनको अध्यक्षतामा सम्पन्न भएको थियो भने लायन्स क्लब अफ बीरगंज आदर्शनगरका सचीव बिजय अग्रवाल , संचारकर्मी अभिलाष कुमार गुप्ता एवम् लायन्स क्लब अफ बीरगंज आदर्शनगर एरिया ३ का अन्य पदाधिकारीहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।
लायन्स क्लब अफ बीरगंजका आदर्शनगरका अध्यक्ष बिमल जैनको अनुसार रिक्सा तथा ई-रिक्सा चालक, गरिब, असहाय, दलित,अति बिपन्न परिवार तथा निमुखाहरुलाई निशुल्क खाना खुवाइए आउने दिनमा यसलाई राम्रो ढंगले बिस्तार गरिलैजाने बताउनु भएको थियोे।
Advertisement




















प्रतिक्रिया