श्री स्वामीनारायण सत्सग मण्डल बिरगंज नेपाल द्वारा सत्सग एवम् बिरगंजमा अक्षरधाम मन्दिर बनाउने तर्फ कार्यक्रम सम्पन्न भएको छ

 

Advertisement

अभिलाष गुप्ता
बिरगंज २९ मंसिर बिरगंज महानगरपालिका अदर्शनगर स्थित वडा नम्बर १० मा श्री पशुपति शिक्षा मन्दिरको हलमा श्री स्वामीनारायण सत्सग मण्डल बिरगंज नेपाल द्वारा सत्सग एवम् बिरगंजमा अक्षरधाम मन्दिर बनाउने तर्फ चासो कार्यक्रम सम्पन्न भएको छ।

सो कार्यक्रमको प्रमुख अतिथी बिरगंज महानगरपालिका वडा नम्बर ५ का अध्यक्ष प्रदिप कुमार चौरसियाको आतिथ्यमा सम्पन्न भएको थियो एवम् विशिष्ट अतिथिमा वरिष्ठ पत्रकार चन्द्रकिशोर झाको उपस्थिति एवम् श्री स्वामीनारायण सेवा संस्था काठमान्डाैका सहजकर्ता अर्जुन पौडेलको विशेष उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।उक्त कार्यक्रममा समाजसेवी राजेन्द्र भट्टराई,अभिलाष गुप्ता,अकाश पटेल एवम् भक्तजन लगाएतकाहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।

Advertisement

प्रमुख अतिथी चौरसियाका अनुसार पहिला त बिरगंज वासी लाई अक्षरधामको अ समेत थाह थिएन। बिरगंज महानगरपालिकाले अक्षरधाम मन्दिर बनाउनको लागि जग्गा उपलब्ध गराईसकेको छ। अक्षरधाम मन्दिर बिरगंजमा बनी सके पछी बिस्वकै एक एतिहासिक सहर बन्ने छ यस्मा कुनै दुई मत छैन। अब मन्दीर बनाउन मेयर साहेब लगाएत यस बिरगंज महानगरपालिकाका सम्पुर्ण वडा अध्यक्षहरु,स्थानिय जन समुदायहरु एवं नागरिक समाज लाई सहयोग एवम् आफ्नो ब्यक्तीगत तर्फबाट, वडावासीको तर्फबाट, बिरगंज महानगरपालिकाको तर्फबाट पुर्ण प्रयास गर्ने छु भनी प्रतिबद्धता ब्यक्त गरेका थिए।

Advertisement