अभिलाष गुप्ता
बिरगंज ३० मंसिर बिरगंज महानगपालिका वडा नम्बर ६ स्थित महाबिर मन्दिर नजिक बाट ३० लाख रुपैयाँ भन्दा बढीको कपडा बरामद गरिएको छ। सशस्त्र प्रहरी बलले विशेष सूचनाको आधारमा वीरगन्जबाट सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजालको कमाण्डमा खटिएको सुरक्षा फौज र वीरगन्ज भन्सार कार्यालयबाट नायब सुब्बा हफिज उल्लाह अंसारी सहितको संयुक्त टोलीले भन्सार छलेर गोदाममा भण्डारण गरी राखिराखेको कपडा र कस्मेटिक सामान नियन्त्रणमा लिएको सशस्त्र प्रहरीका प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।
Advertisement
बरामद कपडामा कुर्ता सुरुवाल १ हजार ६ सय २७ पिस , स्काफ १ हजार ७ सय २२ पिस, सल २ हजार ७ सय ६८ पिस , लेडिज ब्याग, साडी पिन , लङ कोट लगायत रहेका छन्।आज आइतबार सामानको ३० लाख ४९ हजार सात सय मुल्य कायम गरि आवश्यक कारबाहीको लागि बिरगंज भन्सार कार्यालयमा बुझाइको छ।
पछिल्लो करिब ९ महिनाको अबधिमा मात्र डीएसपी रिजालको टोलीले पर्साको सीमा क्षेत्र र गोदाम गरि राखिएका करोडौँ मूल्य बराबरका अवैध सामान बरामद गरेको छ।



















प्रतिक्रिया