आशा किरण केन्द्र वीरगंज द्धारा पत्रकार सम्मेलनको आयोजना

 

 

Advertisement

अभिलाष गुप्ता 

बिरगंज ३० मंसिर आज आशा किरण केन्द्र वीरगंज द्धारा पत्रकार सम्मेलनको आयोजना भएको थियोे। बिरगंज स्थित सिद्धार्थ मा.बि.को प्राङ्गणमा सो आयोजना गरिएको थियोे।
आशा किरण केन्द्र वीरगंजका महासचीव राजन श्रीवास्तवका अनुसार आशा किरण केन्द्र वीरगंजको १० औं स्थापना दिवसको पुनित अवसरमा यही पुष ५ गते वीरगंजको टाउनहलमा नेपालकै प्रख्यात संगीतकार आनन्द कार्कीका साथ आयोजना हुने रात्रि भोज तथा साङगीतिक कार्यक्रम बारे जानकारी गराउनु भएको थियोे।

Advertisement

यो आशा किरण केन्द्र वीरगंजमा आज भन्दा १० बर्ष अगाडि सुनिल गुप्ताको अध्यक्षतामा यो संस्था गठन भएको थियोे।यो संस्थामा सुस्त मनोस्थिती,मस्तिष्क पक्षाघात एवं विभिन्न कारणले मन्सिक रुपमा विकलांक भएका बालबालिकाहरुको उचित स्याहार सुसार,पठनपाठन तथा स्वयमसक्षम हुने

प्रशिक्षण इत्यादी कार्यहरु गर्दै आईरहेको छ। सुरुको दिनमा यो संस्थाले एक जना बच्चा बाट यो सेवा सुचारु गरेका थिए भने आजको दिनमा ४२ जना बच्चाहरु लाई यो संस्थाले प्रत्यक्ष रुपमा निशुल्क सेवा प्रदान गर्दै आएको छ। सो कार्यक्रममा बिरगंज उधोग बाणिज्यसंघ बिरगंजका पुर्व अध्यक्ष एवं वरिष्ठ समाजसेवी तथा यस आशा किरण केन्द्र वीरगंजका आजिवन सदस्य गणेश लाठ एवम् सदस्य नुतन सरावगि तथा यस आशा किरण केन्द्र वीरगंजका पदाधिकारी एवं शिक्षिकाहरुको उपस्थिति रहेको थियो।

Advertisement

यहि पुष ५ गते वीरगंजको टाउनहलमा नेपालकै प्रख्यात संगीतकार आनन्द कार्कीका साथ आयोजना हुने रात्रि भोज तथा साङगीतिक कार्यक्रमका सहभागी हुन लाई अतिथिजन बाट जनही २ हजारको दरले संकलन गर्ने योजना बनाईएको पत्रकार सम्मेलन मार्फत जानकारी गराएका थिए सो संकलन गरिएको रकम बाट बालबालिकाहरुको सेवाको लागि अक्षय कोषको स्थापना गर्ने योजना समेत गरिएको हुदा सम्पुर्ण बिरगंजवासीहरु संग सो कार्यक्रमको सहयोगका लागि टिकट खरिद गरि पुण्यको कार्यमा सहभागी हुन अनुरोध समेत गरिएको थियोे।