अभिलाष गुप्ता
बिरगंज ०१ पुस । पूर्व राजा महेन्द्र शाहको १०५औँ जन्मोत्सवको अवसरमा देशभक्त राजभक्त सेवा समूह नेपालले बिरगंज स्थित महावीर मन्दिर परिसरमा विशेष कार्यक्रमको आयोजना गरिएको थियोे।
Advertisement
देशभक्त राजभक्त सेवा समूह बिरगंजका अध्यक्ष दीपेन्द्र प्रसाद रौनियारको सभापतित्वमा सम्पन्न कार्यक्रममा सहभागीहरूले पूर्व राजा महेन्द्रको राष्ट्रप्रति योगदानलाई स्मरण गर्दै उहाँप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।कार्यक्रममा स्थानीय नेता, सामाजिक अभियन्ता, तथा सर्वसाधारणहरूको व्यापक उपस्थिति रहेको थियो । वक्ताहरूले पूर्व राजा महेन्द्रलाई नेपालको आधुनिक युगको प्रारम्भकर्ता र देशको सार्वभौमसत्ता र स्थिरताको प्रतीकको रूपमा चर्चा गरेका थिए ।
सो अवसरमा राष्ट्रप्रति राजभक्त समूहले नेपालको ऐतिहासिक योगदान स्मरण गर्ने परम्परालाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ । कार्यक्रमको समापनमा राजा महेन्द्रको सम्झनामा दीप प्रज्वलन र पुष्पाञ्जली अर्पण गरिएको थियो ।



















प्रतिक्रिया