१३ लाखभन्दा बढीको सामान सहित मोटरसाइकल नियन्त्रणमा

अभिलाष गुप्ता
बिरगंज ०१ पुस बिरगंज महानगरपालिका–१६ स्थित ईनर्वा तथा विभिन्न नाकाहरुबाट १३ लाख ३६ हजार ९३५ रुपियाँ बराबरको सामानसहित एउटा मोटरसाइकल सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

भारतबाट अवैध रुपले नेपालतर्फ ना ५३ प ९३०६ नम्बरको मोटरसाइलमा राखेर तथा अन्य यात्रुवाहक सवारीसाधनमा लुकाईछिपाई ल्याउँदै गरेको कस्मेटिक तथा किराना सामान, मोटरपार्टस, कि–प्याड मोबाइल, मोबाइल एसोसेरिज र लत्ताकपडा बरामद गरेको सशस्त्र प्रहरीका डिएसपी एवम् सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो ।

Advertisement

सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट डिएसपी सुरज रिजालको कमाण्डमा खटिएको सुरक्षा फौजले उक्त सामान बरामद गरेको हो । सामान ल्याउने व्यक्तिहरु भने सामान छोडेर फरार भएका छन् ।

बरामद गरिएका सामानसहित मोटरसाइकल आवश्यक कारवाहीका लागि सम्बन्धित निकायमा बुझाइएको डिएसपी थापाले बताउनुभयो ।

Advertisement