“पिक्स लेन्स ” द्वारा आफ्नो ५ औं वार्षिकोत्सव आमाको माया छात्रावासमा सम्पन्न

 

Advertisement

अभिलाष गुप्ता
बिरगंज ०१ पुस आज “पिक्स लेन्स ” ले आफ्नो ५ औं वार्षिकोत्सव धुमधामका साथ सम्पन्न गरेको छ। बिरगंजको आदर्शनगर स्थित आमाको माया छात्रावासमा आफ्नो ५ औं वार्षिकोत्सव सम्पन्न गरेको हो।सो कार्यक्रमको प्रमुख अतिथी बिरगंज उधोगबाणिज्य संघका पुर्व अध्यक्ष एवम् वरिष्ठ उधोगपति गणेश लाठ एवं पिक्स लेन्स का ब्यस्थापक सौरभ अग्रवालको अध्यक्षतामा सम्पन्न भएको थियो भने
कार्यक्रम संचालन स्तुति बरनवाल गरेकि थिईन। कार्यक्रममा
निरज,मनिष लाठ, देवानन्द,अन्मोल,दिपक मानवसेवा आश्रम बिरगंजका संस्थापक अध्यक्ष दिवेश मानवसेवा,ओम कुमार झा,सन्चारकर्मी अभिलाष गुप्ता,कन्हैया पटेल, सुर्यनारायण बिक लगाएतकाहरुको पनि उपस्थिति रहेको थियो।

सो कार्यक्रममा आश्रमका बालबालिकाहरुको लागि कोपि,पेन,पेन्सिल,चप्पल एवं फुटबल आमाको माया छात्रावासको कोषाध्यक्ष गणेश खेतान लाई दिई बितरण गरिएको थियो भने सो आश्रमका बच्चाहरु द्वारा केक काटिएर उत्सव मनाईएको थियो र साथै आश्रमका सम्पुर्ण बच्चाहरुको लागि नास्ताको समेत ब्यवस्था गरिएको थियो।

Advertisement

अग्रवालका अनुसार बिगत ५ वर्ष देखि विभिन्न एन.जि.ओ. एवं आई.एन.जि.ओ. मा निशुल्क रुपमा सेवा दिदै आईरहेको छ अनि आउने दिनमा पनि सेवा दिने यहि कार्यक्रम मार्फत घोषणा समेत गरेका थिए।

बिरगंजमा बिगत ५ वर्ष देखि आफ्नो छुट्टै पहिचान बनाउन सफल यस Pics Lens ले आधुनिक तरिका बाट फोटोग्राफि र भिडियोग्राफि गर्ने काम गर्दै आएको छ। बिरगंजवासीको मनमा लोक प्रिय बन्न सफल भएको छ। पिक्स लेन्स नाम सुन्ने बितिकै आज उसले हरेक जनाको मनमा एक छुट्टै स्थान हासिल गरिसकेको छ।

Advertisement

उनका भनाई अनुसार
फोटोग्राफी भन्ने शब्द ग्रीक भाषाबाट आएको हो । ग्रीक भाषामा फोटोको अर्थ लाइट र ग्राफीको अर्थ स्केच हुन्छ अर्थात् प्रकाशको माध्यमद्वारा तयार गरिने चित्र नै फोटोग्राफी हो । आज हरेक मानिसले कुनै न कुनै रुपमा एवं समयमा आफूलाई फोटोग्राफरको रुपमा प्रस्तुत गर्ने गरेको पाइन्छ । स्वतन्त्र तथा सौखिन फोटोग्राफरहरुको संख्या पनि बढ्दो छ । क्यामेराका कुनै पनि माध्यमबाट तस्बिर कैद गर्दैमा त्यस व्यक्तिलाई फोटोग्राफर मान्न भने सकिँदैन । फोटोग्राफर बन्न केही आधारभूत ज्ञान, सीप र शैली हुन जरुरी छ । फोटोग्राफर हुन क्यामेराको प्राविधिक ज्ञान तथा दृश्यको भाव एवं मर्म बुझेको हुनैपर्छ । आजको समयमा फोटोग्राफीमा ज्ञान हासिल गर्न आवश्यक शैक्षिक संस्थाहरु समेत संचालनमा छन। युट्युब जस्ता प्लेट फर्म मार्फत बाट पनि फोटोग्राफीको ज्ञान लिन सकिन्छ।सो कार्यक्रममा पिक्स लेन्स का पदाधिकारी एवं कर्मचारी तथा ग्राहकवर्ग,संचारकर्मीहरुको उपस्थिति रहेको थियोे।