प्रधानमन्त्री ओली पुस २५ गते चारदिने भारत भ्रमणमा जाने

facebook sharing button
messenger sharing button
whatsapp sharing button
twitter sharing button
sharethis sharing button

काठमाडौं,२पुसःप्रधानमन्त्री केपी शर्मा ओली यहि पुस २५ गतेदेखि चारदिने भारत भ्रमणमा जाने भएका छन्।
नेकपा एमालेका नेता महेश बस्नेतले यसबारे जानकारी दिदैँ सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘ पुस २५ गतेदेखि ४ दिने भारत भ्रमणमा प्रधानमन्त्री केपी शर्मा ओलीज्यू जाने तय भएको छ।’

तेस्रो पटक प्रधानमन्त्री भएपछि ओलीको यो पहिलो भारत भ्रमण हुनेछ। यसअघि ओली चार दिने चीन भ्रमणमा गएका थिए। चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा ओलीले मंसिर १७ गते बेइजिङ प्रस्थान गरेका थिए।

Advertisement

बेइजिङमा रहँदा प्रधानमन्त्री ओलीले आफ्ना समकक्षी र राष्ट्रपति सी चिनफिङसँग भेट गरेका थिए। चीन भ्रमणका क्रममा नेपाल–चीनबीच विभिन्न सहमतिमा हस्ताक्षर समेत भएका थिए।

Advertisement