नागरिकलाई शुद्ध, सफा खानेपानी वितरण सुनिश्चित गर्न मन्त्री यादवद्वारा निर्देशन

 

 

Advertisement

अभिलाष गुप्ता
बिरगंज ०२ पुस खानेपानी मन्त्री प्रदीप यादवले नागरिकलाई शुद्ध र सफा पानीको सुनिश्चितता गर्न सम्बद्ध निकायलाई सक्रिय बन्न निर्देशन दिएका छन् ।आज काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजनाको कार्यान्वयन निर्देशनालय (पिआइडी) मा रहेको अनुगमन, नियन्त्रण र तथ्याङ्क सङ्कलन प्रणाली (स्काडा कन्ट्रोल कक्ष) को निरीक्षणका क्रममा मन्त्री यादवले उपत्यकामा भरपर्दो, दिगो र न्यायोचित पानी वितरणको महत्वलाई जोड दिँदै नागरिकलाई शुद्ध र सफा पानीको सुनिश्चितता गर्न सम्बद्ध निकायलाई सक्रिय बन्न निर्देशन दिएका हुन् ।

मन्त्री यादवले भने काठमाडौँ उपत्यकाका सबै नागरिकले शुद्ध र सफा पानीको पहुँच पाउनु पर्छ। यसका लागि व्यवस्थित र समयमै पानी आपूर्ति सुनिश्चित गर्नु आवश्यक छ।

Advertisement

निरीक्षणका क्रममा उनले स्वचालित प्रणालीमार्फत पानी वितरण र सञ्चालनसम्बन्धी कार्यलाई छिटो सम्पन्न गर्न निर्देशन दिनुभयो। पानी चुहावट नियन्त्रण, तथ्याङ्क सङ्कलन, र वितरण व्यवस्थापनमा बाँकी रहेका कामलाई प्राथमिकतामा राखेर सम्पन्न गर्नुपर्नेमा जोड दिए ।

नागरिकले स्वच्छ र शुद्ध पानी समयमै उपभोग गर्न पाउनुपर्छ। स्वचालित प्रणालीमार्फत पानी आपूर्ति र बन्द गर्ने काम छिटो सम्पन्न गर्नुस मन्त्री यादवले भने ।

Advertisement

उनले काठमाडौँ उपत्यकामा खानेपानी सम्बन्धी सबै काम समयमै सम्पन्न गर्न निर्देशन दिँदै नागरिकलाई आवश्यक सेवा उपलब्ध गराउन कुनै कमी हुन नदिन आग्रह गरे । पानीसँग सम्बन्धित सबै कार्य छिटो सकिएर नागरिकले यसको सुविधा समयमै उपयोग गर्न सकुन उनको भनाइ थियो ।