Advertisement
अभिलाष गुप्ता
बिरगंज ०२ पुस जिल्ला प्रहरी कार्यालय बाराले दुई छुट्टाछुट्टै स्थानबाट २१ किलोभन्दा बढी अवैध लागूऔषध गाँजासहित चार जनालाई पक्राउ गरेको छ ।
निजगढ नगरपालिका–४ स्थित बकैया खोलाको बाँध कच्ची सडकमा प्रहरीले ६ किलो ७६० ग्राम गाँजा सहित दुई जनालाई पक्राउ गरेको हो । पक्राउ परेकाहरूमा रौतहट फतुवा बिजयपुर नगरपालिका–४ का २५ वर्षीय राम प्रवेश महतो र सोही नगरपालिका–९ का २१ वर्षीय राजेश महतो रहेका छन् ।
Advertisement
इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको टोलीले बागदेवबाट पुरानो निजगढतर्फ जाँदै गरेको प्र.०२–०२९ प २८३० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उनीहरूलाई गाँजासहित पक्राउ गरेको हो ।
त्यसैगरी, बारा जिल्लाकै जितपुर सिमरा उपमहानगरपालिका–२१ बाट करिब १५ किलो गाँजा सहित दुई जनालाई मंगलबार बिहान पक्राउ गरिएको छ । पक्राउ परेकाहरूमा भारत मोतिहारी ग्राम पंचायत राजमुरा–१४ चाग्डी गाउँका २६ वर्षीय अखिलेख कुमार साह र १९ वर्षीय राज कुमार पासवान रहेका छन् ।
Advertisement
इलाका प्रहरी कार्यालय अम्लेखगञ्जबाट खटिएको टोलीले हेटौंडाबाट पथलैयातर्फ आउँदै गरेको बिए २२ जे ५३३३ नम्बरको कार जाँच गर्दा फल्स बटम बनाई लुकाइएको गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश सापकोटाले जानकारी दिए । उनका अनुसार पक्राउ परेकाहरूलाई आवश्यक कानुनी कारबाही अघि बढाइएको छ ।




















प्रतिक्रिया