अभिलाष गुप्ता
बिरगंज ०३ पुस जिल्ला विपद् व्यवस्थापन समिति काभ्रे को आयोजनामा ‘विपद् जोखिम, न्यूनीकरण र विपद् व्यवस्थापन सिकाइ तथा आगामी कार्ययोजना’ विषयमा आज बुधबारको दिन धुलिखेलमा आयोजित कार्यशाला गोष्ठी को उद्घाटन खाने पानी मन्त्री प्रदीप यादवले गरेका छन।
Advertisement
सो उद्घाटनमा बोल्दै मन्त्रीले नेपाल सरकारले विपद् प्रभावित क्षेत्रमा शीघ्र पुनर्निर्माणको कार्य छिटो भन्दा छिटो थालिने गर्नै कुराको जानकारी गराएका थिए। उनका अनुसार असोज महिनामा आएको बाढीपहिरोबाट क्षतिग्रस्त संरचनाको विवरण नेपाल सरकार एवम् स्थानीय तह र प्रदेश सरकारबाट प्राप्त बिबरण अनुसार गृह मन्त्रालयले बनाएको पुनर्निर्माण कार्यविधि मन्त्रिपरिषदमा पेस भई निर्णय भइसकेको कुरा प्रष्ट पारेका थिए।
नेपाल सरकारको क्याबिनेटको विधायन समितिमा विचाराधीन उक्त कार्यविधि आगामी एक साताभित्रमा निर्णय भई पुनःक्याबिनेट बैठकले अनुमोदन गरेपछि मात्रै पुनर्निर्माणको काम तीव्र गतिमा अघि बढ्ने बिशवास रहेको कुरा अवगत गराएका थिए।व्यवस्थापन र समस्याहरूको अवस्थाबारे उनले विस्तृत जानकारी लिएका छन् । विद्यमान व्यवस्थापकीय र प्राविधिक चुनौतीहरूको बारेमा जानकारी लिएका थिए।
Advertisement
उनले सेवा प्रवाहमा देखिएका ढिलासुस्ती, पुरानो संरचना र जनशक्ति व्यवस्थापनका समस्याहरूको यथार्थ बुझेका थिए । स्थानीय जनप्रतिनिधि र उपभोक्ताहरूले उठाएका गुनासो सुन्दै उनले समस्याहरूको समाधानका लागि प्रतिबद्धता पनि व्यक्त गरेका थिए।
उनले गुणस्तरीय सेवा सुनिश्चित गर्न सेवा प्रवाहमा आधुनिक प्रविधिको प्रयोग गरेर सेवा सहज र तीव्र बनाउन संरचनाहरूको मर्मत तथा पुनर्निर्माणका लागि छिटोभन्दा छिटो कार्य योजना तथा स्थानीयवासीले मन्त्री यादवको सक्रियता र योजनाको स्वागत गरेका थिए । मन्त्री यादवको तत्परताले दीर्घकालीन सुधारको आधार तयार गर्ने उनीहरुको विश्वास छ ।




















प्रतिक्रिया