धोबिनी गाँउपालिकाको व्यतिथीबारे एमाले नेता अहमदले गराए प्रधानीमन्त्री ओलीको ध्यानाकर्षण

 

अभिलाष गुप्ता
बिरगंज ०४ पुस नेकपा एमाले मधेश प्रदेशका सदस्य सलाउदिन अहमदले धोबिनी गाँउपालिकाको समस्याबारे प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण गराएका छन । बुधबार प्रधानमन्त्री ओलीसंग भेट गर्दै अहमदले पालिकामा बिद्यमान समस्याबारे प्रधानमन्त्री ओलीलाई ध्यानाकर्षण गराएका हुन ।
पर्सा धोबनी निवासी अहमदले धोबिनी गाउँपालिकाले पछिल्ला दिनहरूमा विभिन्न सामाजिक, आर्थिक, र प्रशासनिक समस्याहरूको सामना गर्दै आएको चर्चा गर्दै गाउँपालिकाभित्र सरकारी स्रोत–साधनको दुरुपयोग, पारदर्शिताको अभाव, र असमान विकासको गुनासो स्थानियबासीहरूले बारम्बार गर्दै आएको बताए । यसका साथै, शिक्षा, स्वास्थ्य, र आधारभूत पूर्वाधारको अभावले गर्दा जनजीवन कष्टकर बनेको प्रधानमन्त्री ओली संगको भेटमा अहमदले बताए । उनले गाउँपालिकाको विकासका लागि आएको बजेट र कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन हुन नसक्दा जनताको गुनासोले उच्चतम तहमा ध्यानाकर्षण गराउनुपर्ने स्थिति आएको बताए ।
समान अवसर र स्रोतहरूको न्यायोचित वितरणमार्फत स्थानिय स्तरमा समृद्धि ल्याउने उद्देश्यले धोबिनी गाउँपालिकालाई सुधार गर्नका लागि तत्काल उच्चस्तरीय छानबिन तथा समाधान प्रक्रिया अगाडि बढाउन प्रधानमन्त्री ओली संग आग्रह आग्रह गरे ।
प्रधानमन्त्री ओलीले समस्या समाधानको लगि सम्बन्धि निकायलाई निर्देशन दिने प्रतिवद्धता व्यक्त गरेको नेता अहमदले जानकारी दिए ।

Advertisement