अभिलाष गुप्ता
बिरगंज ०४ पुस ९७ किलो लागू औषध गाँजा सहित २ जना मानिसलाई प्रहरीले नियन्त्रणमा लिएको छ।विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अमलेखगंज बारा बाट प्र.ब.ना.नि. टेक बहादुर कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले जिल्ला बारा जीतपुरसिमरा उप-महानगरपालिका वडा नम्बर २२ स्थित ३ नम्बर पुल अगाडि रोड देखी पुर्व रहेको टावर डाँडाको बिरूवा खोलाको झाडीमा लुकाई छिपाई राखेको निम्न वमोजिमको लागू औषध गाँजा बरामद गरी गरिएको जानकारी गराईएको छ।
Advertisement
उक्त ठाउमा प्रारम्भिक अनुसन्धान गर्दै जाँदा उक्त गाँजा ओसारपसारमा प्रयोग भएको बा.११ च. ७०१२ नम्बरको फोर्ड कालो ग्रे रंगको गाडी सहित ओसारपसार प्रयोग भएको एवम् संलग्न रहेको २ जना मानिसहरूलाई नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडी बढाईएको जानकारी गराएका थिए।नियन्त्रणमा लिईएको व्यक्तिहरू
चालक जिल्ला चितवन राप्ती न.पा.वडा नं.०२ गडौली टोल बस्ने बर्ष ३५ को बिष्णु लामा,गाडीमा सवार जिल्ला चितवन भरतपुर म.न.पा.वडा नं.२४ सिद्धार्थ टोल बस्ने बर्ष ४६ को टेक बहादुर गुरुङ रहेका थिए।



















प्रतिक्रिया