अभिलाष गुप्ता
पौष ०४ बिरगंज
Advertisement
बिरगंज महानगर पालिका वडा न.१० आदर्शनगरस्थित बजरंग टोलमा रहेको जनजाती कल्याण आश्रम नेपालद्वारा सन्चालित आमाको माया छात्रावासको बैठक आज सम्पन्न भएको छ ।
Advertisement
आमाको माया छात्रावास बिरगंज पर्साका अध्यक्ष भवर लाल पारिक ज्यु को अध्यक्षता बसेको सन्चालक समितिको बैठकले छात्रावासमा विद्यार्थीहरुको लागि अतिआवस्यक सामाग्रीहरु चाडै नै पूरा गर्ने बताए ।
बैठकमा छात्रावासको भवनको नक्सा पास गर्ने , आमाको छात्रावासमा बसेर पढ्ने विद्यार्थीहरुको लागि बस्ने कोठाहरुको व्यवस्थापन गर्ने , विद्यार्थीहरुका लत्ताकपडा र किताब कपि र अन्य आवस्यक सामाग्री राख्न लकर , दराजको व्यवस्था गर्ने , बसेर पढ्नको लागि टेबुल , कम्प्युटर अध्ययन गर्न कम्प्युटर कोठा र कम्प्युटर आवस्यक भएकोले सो को व्यवस्थापन बारे सो बैठकमा छलफल भएको र सो कुरा चाडै नै पूरा गर्ने बैठकले निर्णय समेत गरेको सो सस्थाका केन्द्रिय अध्यक्ष सुरेश रुङ्गटाले जानकारी दिनुभयो ।
Advertisement
सो बैठकमा वरिष्ठ उपाध्यक्ष राजकुमार दारुका , कोषाध्यक्ष मनोज अग्रवाल , सहकोषाध्यक्ष गणेश अग्रवाल , सहकोषाध्यक्ष पवन अग्रवाल , सदस्य शिभम केडिया , अजित भुजेल , जनजाति कल्याण आश्रम नेपालका राष्ट्रिय अध्यक्ष सुरेश रुङ्गटा र महासचिव प्रेम थुलुङ्ग राई लगायतको सहभागीता रहेको थियो ।




















प्रतिक्रिया