Advertisement
अभिलाष गुप्ता
पौष ०५ बिरगंज
बिरगंजको छपकैया स्थित ग्रीन लयान्ड स्कुलमा लायन्स क्लब अफ बिरगंज मेट्राेसीटि एवम् लायन्स क्लब अफ बिरगंज सान्स्कृति गोल्ड द्वारा मेहन्दी प्रतियोगिता सम्पन्न भएको छ।सो कार्यक्रमको प्रमुख अतिथी लायन्स क्लब अफ बीरगंज मेट्रोसिटीका अध्यक्ष अशोक बेरीवाल एवम् बिरगंज सान्स्कृति गोल्डकि रितिका जयसवालको सन्युक्त आतिथ्य सम्पन्न भएको थियो।
Advertisement
कार्यक्रममा लायन प्रदिप अग्रवाल,लायन नरोतम पाण्डे, लायन सुशील साह,लायन प्रीया सिंह,लायन अन्कित चौरसिया, लायन नवल किशोर भंगर एवम् सन्चारकर्मी अभिलाष गुप्ता तथा यस ग्रीन लयान्ड स्कुलका संचालक उपेन्द्र पण्डित लगाएतकाहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो। सो कार्यक्रममा ग्रीन लयान्ड स्कुलका कक्षा ५ देखि ८ कक्षा सम्मका १९ जना बालिकाहरुले भाग लिएका थिए।
ती १९ जना मधे ३ जना लाई बिजेता घोषणा गरिएको थियो पहिलो बिजेता रुकसार खातुन दोस्रो बिजेता सेहजादी खातुन एवम् तेस्रो बिजेता सुबि खातुन भएकि थिईन तिनै जनालाई प्रमुख अतिथी अशोक बेरीवाल एवम् रितिका जयसवालले प्राइज एवम् सर्टिफिकेट दिएको थियो भने अरु बाकी बालिकाहरु लाई सर्टिफिकेट मात्र दिईएको थियो।
Advertisement
लायन नरोतम पाण्डेका अनुसार मेहन्दी प्रतियोगितामा सबै जना विद्यार्थी बालिकाहरुले राम्रो काम गरेको थियोे उनका भनाई अनुसार हामी सबै जनामा केही न केही कला हुन्छ। कुनै काम मनले गरेमा त्यसको फल एवम् नतिजा पकै पनि राम्रो हुनेछ। कार्यक्रम संयोजक लायन खुशबु गुप्ताको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रम सहजीकरण लायन उमेश गुप्ताले गरेका थिए।




















प्रतिक्रिया