एलाईड युथ सोसाइटीको आयोजनामा साउथ जोन मा.बि.मा लागु औंषध तथा साईबर अपराध सम्बन्धि जनचेतनामूलक प्रशिक्षण कार्यक्रम सम्पन्न

 

अभिलाष गुप्ता
पौष ०५ बिरगंज

Advertisement

 

पर्सा जिल्लाको बिरगंज महानगरपालिका स्थित साउथ जोन मा.बि. मा शुक्रबारको दिन एलाईड युथ सोसाइटीको आयोजनामा सामुदायिक प्रहरी साझेदारी तथा जिल्ला प्रहरी कार्यालय पर्सा र वडा प्रहरी कार्यालय श्रीपुर को संयुक्त आयोजनामा “लागु औंषध तथा साईबर अपराध सम्बन्धि जनचेतनामूलक” कार्यक्रम सम्पन्न भएको छ।

Advertisement

सो कार्यक्रम वीरगंजको साउथ जोन मा.बी. मा सम्पन्न भएको थियो। सो कार्यक्रमका प्रमुख अतिथि वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी वरिष्ठ नायव निरीक्षक हिमाल पोख्रेल आतिथ्यमा सम्पन्न भएको थियो।

सो कार्यक्रमको अध्यक्षता निशा पालले गर्नु भएको थियो भने सो कार्यक्रममा लागु औषध प्रयोग एवम् सेवनले के कस्ता हानी नोक्सानी हुन्छ भन्ने बारेमा खुलेर विद्यार्थी भाई बहिनीहरुलाई बुझाउनुको साथै प्रशिक्षण समेत दिईएको थियो।

Advertisement

साईवर अपराधबाट कसरी बच्नु पर्छ के के गरे भने साईवर अपराधबाट जोगिन सकिन्छ भन्ने बारे जनचेतनामूलक प्रशिक्षण समेत दिनु भएको थियो। सो कार्यक्रममा साउथ जोन मा. बी.का विद्यार्थी भाई बहिनीहरु तथा शिक्षक शिक्षिका लगायतकाहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा एलाईड युथ सोसाइटीका अध्यक्ष ओम कुमार झा एवम् सदस्य कृपा चौहान, सन्नी श्रीवास्ताब तेस्तै एलाईड सनलाईटका अध्यक्ष निरन्जन पाल, अभिनव झा लगाएतकाहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।