निरन्तरको तालिमहरुबाट पत्रकारीतामा निखार ल्याउन सकिने चौतारी अध्यक्ष भणडारी

अभिलाष गुप्ता
पौष ०६ बिरगंज

Advertisement

प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष तुल्सी भणडारीले निरन्तरको पत्रकारीता तालिमहरुबाट पत्रकारीतामा निखार ल्याउन मदत पुग्ने बताउनु भएको छ।पब्लिक हेल्थ स्टोरी पत्रीकाले आयोजना गरेको एक दिने आधारभुत पत्रकारिता तालीम कार्यक्रम लाई सम्बोधन गर्दै चौतारी अध्यक्ष भणडारीले
पित पत्रकारीता समाप्त गर्न उर्जा शिल युवा पत्रकारहरुको समुहले खोजमुलक समाचार संकलनमा जोड दिनु पर्ने धारणा राख्नु भयो।

सो तालिममा रेडियो नेपालका पर्सा सम्वादाता राजेन्द्र सिंह एवम् चन्द्रिका पटेलले प्रशिक्षण दिनु भयो।नागरिक समाजका श्रवण बहादुर रायमाझीको अध्यक्षतामा भएको कार्यक्रममा मनोज मिश्राले विद्यार्थीहरुलाई प्रमाणपत्र बितरण गर्दै समापन भएको हो।

Advertisement

सो कार्यक्रममा २० जना विद्यार्थीहरुलाई एक दिने आधारभुत पत्रकारिता तालीम दिईएको हो।
उक्त पत्रकारीता तालिममा विद्यार्थीहरु उत्साहजनकरुपमा सहभागी भएका थिए।

कानुनवीद,कानुन शिक्षक तथा अधिवक्ता चन्द्रिका पटेलका अनुसार नेपालमा पत्रकारलाई चौथो अङ्ग भनेर भनिन्छ पहिलो कार्यपालिका, दोस्रो ब्यवस्थापिका,तेस्रो न्यायपालिका राज्यको तेस्रो अङ्ग पछी पत्रकार लाई चौथो अङ्ग मानिन छ।
पत्रकारीता लाई समाजको आख भनेर मानिन्छ।
पत्रकार लाई समाजले सम्मानको नजरले देखछ ।
पत्रकार समाजको वकिल हो।तेसैले पत्रकारको काम र कर्तव्य भनेको गरिब निमुखाहरुको आँखा बनेर काम गर्नु पर्छ।

Advertisement