अभिलाष गुप्ता
पौष ६ बिरगंज
Advertisement
परिवार वचत तथा ऋण सहकारी सस्था लि. को १४ औं बार्षिक साधारणसभामा सम्पन्न भएको छ ।सस्थाका अध्यक्ष अध्यक्ष कृष्ण कुमार श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रमका प्रमुख अतिथि शम्भु प्रसाद गुप्ताले पानसमा बत्ति बाली कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।
उद्घाटनलाई सम्बोधन गर्नु हुँदै प्रमुख अतिथि गुप्ताले सहकारी भनेको बैकमा पहुँच नभएका सर्वसाधारणहरुको , जसको कम आय छ , निम्न वर्गका उनिहरुको पहुँचमा रहेको यो सहकारी सस्था हरेक गाउमा ,पालीकामा , ठाउमा आज सहकारी सस्था रहेको छ र यसले आफ्नो सदस्यहरुलाई आर्थिक वृद्वि , आर्थिक उन्नति र आर्थिक समृद्वि गर्नको लागि एउटा महत्त्वपूर्ण भुमिका खेलिरहेको बताउदै यसले एकातिर समाजमा छरिएर रहेका ससाना पुजिलाई व्यवस्थित गरि बचत गर्ने बानीको बिकास गरेको छ भने अर्कोतिर सोही पुजिलाई आवस्यक परेमा व्यक्तिहरुलाई सिपमुलक तथा उत्पादन मुलक क्षेत्रमा ऋण लगानी गरि आत्मनिर्भर बनाउन सहज भएको भन्दै सरकारले पहिले लिदै आएको १०% करलाई बढाएर २०% लिदा सहकारी अप्ठ्यारोमा परेको भन्दै कानुनहरुलाई कसरी संशोधन गर्ने , सरल बनाउने र सहकारीलाई कसरी लोकप्रिय बनाउने त्यसको लागि राष्ट्रिय सहकारी महासंघ लागि रहेको छ । निकट भबिस्यमा यो कर घटने बारे आफू बिस्वस्त रहेको बताएका थिए ।
Advertisement
त्यसैगरि परिवार वचत तथा ऋण सहकारी सस्था लि. का उत्कृष्ट शेयर सदस्यहरुलाई पुरस्कृत समेत गरेको थियो । उत्कृष्ट शेयर सदस्यहरुमा अनिता देबि , रस्मिता श्रेष्ठ , संगीता तामाङ ,अनिल कुमार गुप्ता , भोला साह कानु , रमेश बहादुर श्रेष्ठ , रबि कोईराला , प्रदीप राज पान्डे , कम्लेस्वर , चेत कुमारि देबि दाहाल र नुरजाह खातुन रहेका थिए ।
त्यसैगरि सस्थाका उत्कृष्ट कर्मचारीहरुलाई पनि सम्मान गरेको थियो । सस्थाका प्रबन्धक मुन्ना ठाकुर , अस्मिता श्रेष्ठ , रेखा कुमारी यादव , नारायणी थापा, सुरज कुशवाह रहेका थिए ।
Advertisement
हरि बैध , सालिकराम प्रसाद कानु , हरेराम पटेल , जिस्णु बराल , राजेश पन्डित लगायतले स्थापनकाल देखी नै सस्था संतोषजनक र नाफामुलक भएको भन्दै यस सस्थामा ढुक्क सङ्ग कारोबार गर्न शेयर धनीहरुलाई आग्रह गर्दै उत्तरोत्तर प्रगति समेत कामना गरेका थिए ।
आर्थिक तथा प्रगति प्रतिवेदन सस्थाका प्रबन्धक मुन्ना ठाकुरले प्रस्तुत गरेका थिए भने स्वागत कार्यक्रम सस्थाका उपाध्यक्ष सुनिल श्रेष्ठले र कार्यक्रम सन्चालन सचिब राजेश श्रेष्ठले गरेका थिए ।




















प्रतिक्रिया