बिरगंजमा तेस्रो श्री शंकरलाल केडिया मेमोरियल अन्तरविद्यालय फुटबल प्रतियोगिता हुँदै

अभिलाष गुप्ता 

Advertisement

पौष ७ बिरगंज 

बिरगंजस्थित डीएभी रुक्मिणी बनारसी केडिया स्कूलमा तेस्रो संस्करणको श्री शंकरलाल केडिया मेमोरियल अन्तरविद्यालय फुटबल प्रतियोगिता आजदेखी संचालन भएको छ। डीएभी रुक्मिणी बनारसी केडिया स्कूलका संस्थापक दीवंगत शंकरलाल केडियाको ८९ औँ जन्मजयन्तीका अवसरमा सो प्रतियोगिता आयोजना गरिएको हो।

Advertisement

यो प्रतियोगिता आज आइतबार पुष ७ गतेदेखि पुष १३ गतेसम्म सञ्चालन हुने डिएभी रुक्मिणी बनारसी केडिया स्कुलका प्रिन्सीपल राकेश मिश्रले जानकारी गराएका थिए।
यो प्रतियोगितामा बिरगंजका विभिन्न विद्यालयहरूबीच रोचक प्रतिस्पर्धा हुनेछ । खेलकुद र खेलभावनालाई प्रोत्साहन गर्न उदेश्यका साथ आयोजना गरिने यस प्रतियोगिताले विद्यार्थीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने उत्कृष्ट अवसर प्रदान गर्ने छ।

सो प्रतियोगितामा बिरगंजका विभिन्न १२ वटा विद्यालयका विद्यार्थीहरु सहभागी हुनेछन ।
उनिहरुको बीचको प्रतिस्पर्धाले खेलप्रेमी दर्शकहरूलाई अझै मनोरञ्जन प्रदान गर्ने विश्वास गरिएको छ।
स्कुलले हरेक वर्ष यो प्रतियोगिता आयोजना गर्ने गरेको छ । त्यसैको निरन्तरतास्वरुप तेस्रो संस्करण गर्न थालिएको हो।
सो प्रतियोगितामा कक्षा १० सम्मका विद्यार्थीले सहभागिता जनाउन पाउने छन भने प्रतियोगितामा ९ जना खेलाडीले खेल्नेछन् ।

Advertisement

उक्त खेलमा बिरगंजका डि.ए.भी. स्कुल,ज्ञान्दा एकेडमी ,साउथ जोन स्कुल,मनकामना स्कुल,कादम्बरी एकेडेमी,डिपिएस स्कुल,मुन लाइट स्कुल,जीवन ज्योति,लिटिल फ्लावर,मालिनी एकेडेमी,मेरि गोल्ड स्कुल,काभेरी एकेडेमी गरि १२ वटा स्कुल सहभागी भएका छन।

कार्यक्रमका प्रमुख अतिथि पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको आतिथ्यमा सम्पन्न भएको हो। वहाले दिप प्रजवल्न गरि खेलको उद्घाटन गर्नु भएको थियो।
भने डाक्टर बिजय अग्रवाल ,केडिया परिवार सुनिल केडिया,सन्दिप केडिया,सौरभ केडिया,दिनेश बन्का,केडिया आँखा अस्पतालका प्रशासन प्रमुख प्रकाश बर्मा, प्याब्सन जिल्ला कार्यसमिति पर्साका अध्यक्ष पुरन प्रधान ,उपाध्यक्ष शिवजी गुप्ता ,महानगर अध्यक्ष राहुल श्रीवास्तव,अनमोल कोइराला लगायत विभिन्न बिधालयका प्रिन्सिपलहरुको उल्लेखनीय सहभागी रहेको थियो ।उक्त कार्यक्रममा संचारकर्मी धिरज दारुका,अभिलाष गुप्ता,जगत राईको पनि उपस्थिति रहेको थियो।

आजको खेल डि.ए.भि. स्कुल र मनकामन मा.बि. बिच भएको थियोे सो खेलमा मनकामन मा.बि.ले डि.ए.भि. स्कुल लाई २-० को अन्तरले पराजित गरेको छ।उक्त खेलको म्यान अफ दि म्याच मनकामन मा.बि.को जर्सी नम्बर १२ हिमेश चौधरी घोषित भएका थिए।

कार्यक्रमको स्वागत मनतब्य बिधालयका प्रिन्सिपल राकेश मिश्रले गर्नुभएको थियो ।कार्यक्रमको सहजिकरण शिक्षिका मेधा दधिजले गरेकी थिइन् ।