अभिलाष गुप्ता
पौष ७ बिरगंज
रोटर्याक्ट क्लब अफ बिरगंज मेट्रोपोलिसले नेपाल राष्ट्रिय उच्च विद्यालय, बर्वा छोटौल, पर्सागढी नगरपालिका वडा नं. ४ मा विशेष सीप विकास कार्यक्रम आयोजना गरेको छ। कार्यक्रमले युवाहरूको व्यक्तिगत र व्यावसायिक विकासलाई प्रोत्साहन गर्ने उदेश्यले कार्यक्रममा क्वेस्ट फार्मास्युटिकल प्रा. लि. का एचआर अफिसर विवेक कुमार चौबे र आलोक ठाकुर प्रशिक्षकका रूपमा सहभागी भई युवाहरूलाई विभिन्न अन्तरदृष्टिपूर्ण तालिम र गतिविधिबाट सीप अभिवृद्धि गराएका थिए।सो कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रामनारायण पटवारी, वडा नं. ४ का अध्यक्ष शेख खुर्सेद मिया,
Advertisement
रोटर्याक्ट क्लबका उपाध्यक्ष रामबिनय गुप्ता, पूर्व अध्यक्ष अमित शर्मा, समुदाय निर्देशक नकुल गुप्ता, सदस्यहरू रोशन यादव, र विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो।
कार्यक्रमले स्थानीय समुदाय र विद्यार्थीहरूमा सकारात्मक ऊर्जा र प्रेरणा जगाउन सफल भएको छ। क्लबले यस्ता गतिविधिहरूलाई थप सशक्त बनाउँदै अघि बढ्ने उद्देश्य राखेको छ।उक्त कार्यक्रमका बरेमा रोटर्याक्ट क्लबका उपाध्यक्ष रामबिनय गुप्ताले जानकारी गराएका थिए।



















प्रतिक्रिया