अभिलाष गुप्ता
पुस ८ बिरगंज
Advertisement
ग्रीन सिटी सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा आदर्शनगरको आयोजनामा सरसफाई एवं हरियाली जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।
बिरगंजको वडा नम्बर ६ स्थित हरि खेतान बहुमुखि क्याम्पसमा सरसफाई एवं हरियाली सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो। बिरगंज महानगरपालिका तथा ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरको संयुक्त आयोजनामा उक्त कार्यक्रम गरिएको हो।
कार्यक्रममा विद्यार्थीहरूलाई सरसफाई तथा हरियालीको महत्त्वबारे जानकारी दिँदै समाजमा सकारात्मक परिवर्तन र विकास ल्याउन सानैदेखि सरसफाई र हरियालीको बानी बसाल्नुपर्छ भन्ने सन्देश प्रवाह गरिएको थियो।
Advertisement
हरि खेतान क्याम्पसमा आयोजित कार्यक्रममा बिहानको प्रार्थना सभा स्थलमा विद्यार्थीहरूलाई प्रशिक्षण दिइएको थियो।
उक्त कार्यक्रममा विभिन्न विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। सहभागी प्रमुख व्यक्तिहरूमा वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेश मान सिंह, बिर्ता पर्साका प्रहरी नायब निरीक्षक यमनाथ पनेरु, ग्रीन सिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जय प्रकाश खेतान, उपाध्यक्ष संजय शर्मा, र सरसफाई प्रमुख सर्फुदिन मिया रहेका थिए।त्यस्तै, हरि खेतान क्याम्पसका प्रमुख किशोर यादव, शिक्षक रजेशु चौधरी, र ग्रीन सिटी सामुदायिक सेवा केन्द्रका पदाधिकारी एवं आजिवन सदस्यहरू पनि उपस्थित थिए।
















प्रतिक्रिया