अभिलाष गुप्ता
पौष ८ बिरगंज
Advertisement
बिरगंज स्थित मूनलाइट इङ्ग्लिस बोर्डिङ स्कूलका विद्यार्थीहरूले काठमाण्डौमा सम्पन्न राष्ट्रिय स्तरका बुद्धिचाल प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका विद्यार्थीहरुलाई आज एक कार्यक्रमको आयोजना गरि बिरगंज महानगरपालिकाको नगरप्रमुख मेयर राजेशमान सिंह द्वारा अभिनन्दन गरियो। सो कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख मेयर राजेशमान सिंहको आतिथ्यमा सम्पन्न भएको थियोे भने विशिष्ट अतिथिमा बिरगंज वडा नम्बर ५ का अध्यक्ष प्रदिप चौरसिया,
श्याम केसि,बिरगंज युवा समाजका संस्थापक अध्यक्ष कमल चौलागाईं,डा. निरज सिंह,युबराज खडका,बिनोद पटेल,डा भाष्कर साह,सामुदायिक प्रहरी कुम्हालटाेलका अध्यक्ष रमेश चौधरीको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो भने संचारकर्मीहरुमा युवराज खडका,उज्वल घिमिरे,नवराज फुयाल,अभिलाष गुप्ता,अजित भुजेल,जगत राई,सुर्या बिक लगायतकाहरुको पनि उपस्थिति रहेको थियो।
मूनलाइट विद्यालयका प्रबन्ध निर्देशक सुलभ केसीका अनुसार
अन्तर स्कुल बुद्धिचाल प्रतियोगिता बिगत २ बर्ष देखि हुँदै आईरहेको छ।
Advertisement
तेस्रो अन्तरविद्यालयस्तरीय राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा मूनलाइट स्कूलकी कक्षा ९ की छात्रा सनम श्रेष्ठ छात्रातर्फ प्रथम स्थान हासिल गर्न सफल भएकि थिईन ।
नेपालभरका १०६ विद्यालयका विद्यार्थीहरू सहभागी उक्त प्रतियोगितामा मूनलाइट स्कूलले ओभरअल उत्कृष्ट प्रदर्शन गर्दै नेपाल भरीमै द्वितीय स्थान हासिल गर्न सफल भएकि थिईन ।
Advertisement
बिरगंज महानगरपालिकाको नगरप्रमुख मेयर राजेशमान सिंहले बिजेता सबै विद्यार्थीहरू सनम श्रेष्ठ, चाँदनी मुखिया, सुरेश मुखिया, सुन्दरम पटेल, सन्नी साह, प्रिजेश श्रेष्ठ, संस्कार अर्याल, शुभम साह, मयंश चौधरी लाई माला लगाई एवं प्रमाणपत्र सहित सम्मान गरेका थिए।
सो कार्यक्रममा विद्यार्थी,अभिभावकवर्ग,नागरिक समाजका अगुवा,समाजसेवीहरुको उल्लेखनीयरुपमा उपस्थिति रहेको थियो। विद्यालयका अभिभावक, शिक्षक, र विद्यार्थीहरूले यस उपलब्धिलाई गर्वका साथ मनाएका छन।
सो कार्यक्रममा स्वागत मन्तव्य मूनलाइट विद्यालयका प्रबन्ध निर्देशक सुलभ केसीले गरेका थिए भने कार्यक्रम सहजीकरण संचारकर्मी सुर्या नारायाण बिकले गरेका थिए।




















प्रतिक्रिया