अभिलाष गुप्ता
पौष ८ बीरगंज
Advertisement
मधेशी पत्रकार समाज पर्सा जिल्लाको बैठक आज सम्पन्न भएको छ।आजको बैठकले दुई वटा प्रस्तावमा छलफल गरी निर्णय समेत गरेको छ ।पहिलो निर्णय अनुसार नया सदस्यता संबंधमा पौष १५ गते पत्रकार महासंघ पर्सामा ज्ञापन पत्र बुझाउने र अर्को निर्णयबाट हालै सम्पन्न भएको नेपाल पत्रकार महासंघ काठमांडू शाखाको चुनाव मा एसोसिएट तसश्य पदमा निवार्चित भएका मधेशी पत्रकार समाज पर्सा का कोषाध्यक्ष धीरेन्द्र तिवारीलाई सम्मान ग़रीएको मनोज कुमार मिश्र ले जानकारी दिए।
मधेशी पत्रकार समाज पर्सा जिल्लाको अध्यक्ष रामजी प्रसाद यादवको अध्यक्षता मा बसेको बैठक मा प्रदेश उपाध्यक्ष मनोज कुमार मिश्र, प्रदेश सदस्य श्याम गुप्ता लगायतको सहभागिता रहेको थियो।



















प्रतिक्रिया