उपकार सेवा नेपाल द्वारा श्री शारदा आधारभूत विद्यालय लाई १० सेट बेन्च र डेस्क सहयोग

 

अभिलाष गुप्ता
पौष ९ बिरगंज

Advertisement

बिरगंज वडा नम्बर ३१ स्थित भेडियाहीमा उपकार सेवा नेपाल द्वारा श्री शारदा आधारभूत विद्यालय भेडियाहीलाई १० सेट र बेन्च डेस्क सहयोग गरेको थियोे।

सो कार्यक्रमका प्रमुख अतिथि बिरगंज महानगरपालिका वडा नम्बर ३१ का वडा अध्यक्ष जितेन्द्र प्रसाद यादवको आतिथ्यमा सम्पन्न भएको थियो भने बिशिष्ट अतिथि उपकार सेवा नेपाल संस्थाका अध्यक्ष विद्या देवी सरावगी सदस्यमा देवी सरावगी सुमन बगेडिया,अंकुर शर्मा र श्री शिव शक्ति घ्यू उध्योग प्रा. लि.का प्रशासकिय प्रमुख नवल किशोर सिंह, समाजिक अभियन्ता प्रकाश थारू तथा अतिथिमा बजसदस्य विरेन्द्र राय थारू,मुरमती पासवान, विद्यालय निर्माण समिति अध्यक्ष मोहन गौरो, विद्यालय व्य.स.लखन गौरो, महेश चौधरी, दुखा महतो, जगविर महतो, सुकमा देवी,सुर्यकली देवी, प्रअ साजन चौधरी लगायतको उपस्थिति रहेको थियो।

Advertisement

अति नै सराहनीय कार्य गरेकोमा विद्यालय व्यवस्थापन समिति र विद्यालय परिवारको तर्फबाट श्री उपकार सेवा नेपाल संस्थाका अध्यक्ष लगायत सम्पूर्ण सदस्यहरुलाई स्वागत एवं प्रशंसा पत्र सहित हृदय देखि धन्यवाद ब्यक्त गरेका थिए।

विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष वालेश्वर गौरोको अध्यक्ष्तामा कार्यक्रम सम्पन्न भएको थियो।

Advertisement

सो कार्यक्रममा शिक्षक, शिक्षिका विद्यार्थी भाईबहिनिहरु पत्रकार समाजसेवी लगायतकोहरुको उल्लेखनीय उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो।