लायन्स क्लब अफ बीरगंज सेन्ट्रल द्वारा ख्रीष्टमस उत्सव कार्यक्रम सम्पन्न

 

Advertisement

अभिलाष गुप्ता 

पौष ९ बिरगंज 

Advertisement

बिरगंज आदर्शनगर स्थित श्री अदर्श माध्यमिक बिधालयमा आज मंगलवारका दिन लायन्स क्लब अफ बीरगंज सेन्ट्रल द्वारा ख्रीष्टमस उत्सव कार्यक्रम सम्पन्न भएको छ। सो कार्यक्रमका प्रमुख अतिथी लायन्स क्लब अफ बीरगंज सेन्ट्रल की अध्यक्ष रेखा वैदको आतिथ्यमा सम्पन्न भएको थियो भने विशिष्ट अतिथिमा सीता अग्रवाल,आषा अग्रबाल,मिरा खेतानको उपस्थिति रहेको थियो।

लायन्स क्लब अफ बीरगंज सेन्ट्रलका सदस्य कबिता हलालका,राजु जैन,  श्री अदर्श माध्यमिक बिधालयका प्रीन्सिपल राम बिनय पाण्डे र पी.जि. ग्रुपका कोडिनेटर मौसम भंगरको विशेष उपस्थितिमा कार्यक्रम भएको थियो।

Advertisement

आउँदै गरेको ख्रीष्टमसको अवसरमा आज

ख्रीष्टमस पर्वको अवसरमा बिरगंज महानगरपालिका वडा नम्बर १० को श्री अदर्श माध्यमिक बिधालयको हलमा भएको कार्यक्रममा पि.जि. कक्षाको स-सानो बालबालिकाहरुलाई विभिन्न किसिमका गेम खेलाई स्टेशनरीका समानहरु,ख्रीष्टमसका टोपिहरु,चक्लेट दिई एवम् सम्मान गरि केक काटेर नाचगान गरि ख्रीष्टमसको उत्सव मनाएका थिए सो कार्यक्रममा स्कुलका शिक्षिका एवम् लायन्स क्लब अफ बीरगंज सेन्ट्रलका पदाधिकारी तथा सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो।