अभिलाष गुप्ता
पौष ९ बिरगंज
Advertisement
यू–१९ विश्वकप क्रिकेटमा पुग्न सफल नेपाली राष्ट्रिय टिमकी कप्तान पूजा महत्तोलाई महानगरपालिकाले सम्मानित।
आज मंगलबार बिरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले आफ्नै कार्यकक्षमा महत्तोलाई खादा ओढाएर नगद २५ हजार रुपैयाँपनि प्रदान गर्दै सम्मानित गरेका हुन् ।त्यसअवसरमा यू–१९ नेपाली राष्ट्रिय टिमकी सदस्य साना प्रविनलाईपनि मेयर सिंहले सम्मानित गरे । बिरगंज –१३ निवासी सानालाई यसअघि गत मंसिरि ९ गतेपनि मेयर सिंहले आप्नै कार्यकक्षमा बोलाएर नगद ५१ हजार रुपैयाँ प्रदान गर्दै सम्मानित गरेका थिए ।
गत मंसिरमा सम्पन्न यू–१९ टी–२० महिला एसिया क्वालिफायरमा थाइल्याण्डविरुद्धको खेलमा सानाले अर्धसतक प्रहार गर्दै कप्तान पूजा महत्तोसंग मिलेर नेपालका लागि कीर्तिमानी साझेदारी गरेकी थिइन् ।
Advertisement
मंगलबारको सम्मान कार्यक्रममा मेयर सिंहले क्रिकेटको माध्यममार्फत मधेस र नेपालको नाम विश्वमै चिनाउन सफल भएको भन्दै कप्तान महत्तो र सानाको मनोबल र हौसला बढाउन सम्मानित गरिएको बताए ।
मधेसका छोरीचेलीहरुले पनि केही गर्न सक्छन् है भन्ने उदाहरणको पात्रका रुपमा दुबै जना बनेको भन्दै उनले आउँदा दिनमा अझै मेहनत गरेर मधेस र नेपालको नाम विश्वमा अझ धेरै चिनाउन दुवैलाई आग्रहपनि गरे ।
Advertisement
त्यसअवसरमा बिरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरबिन्दलाल कर्ण, पर्साका प्रहरी उपरीक्षक कुमोध दुंगेल, पर्सा क्रिकेट संघका अध्यक्ष मनिष सिंह,बिरगंज –४ का वडाध्यक्ष जगत साह कानु लगायतकोपनि उपस्थिती थियो ।
















प्रतिक्रिया