अन्तरविद्यालय फुटबल प्रतियोगितामा साउथ जोन स्कुल र ग्यान्डा एकेडमी स्कुल बिजय

अभिलाष गुप्ता
पौष ९ बिरगंज

बिरगंजस्थित डीएभी रुक्मिणी बनारसी केडिया स्कूलमा तेस्रो संस्करणको श्री शंकरलाल केडिया मेमोरियल अन्तरविद्यालय फुटबल प्रतियोगिता आज तेस्रो दिन संचालन भएको छ।

Advertisement

सो प्रतियोगितामा बिरगंजका विभिन्न १२ वटा विद्यालयका विद्यार्थीहरु सहभागी हुनेछन ।
उनिहरुको बीचको प्रतिस्पर्धाले खेलप्रेमी दर्शकहरूलाई अझै मनोरञ्जन प्रदान गर्ने विश्वास गरिएको छ।
स्कुलले हरेक वर्ष यो प्रतियोगिता आयोजना गर्ने गरेको छ । त्यसैको निरन्तरतास्वरुप तेस्रो संस्करण गर्न थालिएको हो।

यो खेल १३ गते सम्म संचालन हुने छ।

Advertisement

उक्त खेलमा बिरगंजका डि.ए.भी. स्कुल,ज्ञान्दा एकेडमी ,साउथ जोन स्कुल,मनकामना स्कुल,कादम्बरी एकेडमी,डिपिएस स्कुल,मुन लाइट स्कुल,जीवन ज्योति,लिटिल फ्लावर,मालिनी एकेडमी,मेरी गोल्ड स्कुल,काभेरी एकेडमी गरि १२ वटा स्कुल सहभागी भएका छन।

आजको पहिलो खेलमा साउथ जोन स्कुल र कादम्बरी एकेडमी बीच भएको थियोे।

Advertisement

उक्त खेलमा साउथ जोन स्कुलले कादम्बरी एकेडमीलाई ८-१ को अन्तरले पराजित गरेको छ।उक्त खेलको म्यान अफ दि म्याच साउथ जोन स्कुलका जर्सी नम्बर १२ आदित्य भैया चौधरी घोषित भएका थिए। भने

 

आजको दोस्रो खेलमा मनकामना स्कुल र ग्यान्डा एकेडमी बीच भएको थियोे।

उक्त खेलमा ग्यान्डा एकेडमीले मनकामना स्कुल लाई ५-१ को
अन्तरले पराजित गरेको छ।उक्त खेलको म्यान अफ दि म्याच
ग्यान्डा एकेडमीका जर्सी नम्बर १० का आदिल अन्सारी घोषित भएका थिए।