अभिलाष गुप्ता
Advertisement
पौष १० बीरगंज
आज तुलसी पूजन दिवस् को शुभ अवसरमा नेपाल जनता पार्टी जिल्ला कार्य समिति पर्सा द्वारा बीरगंज अवस्थित श्री गहवामाई मंदिर को प्रांगणमा तुलसी रोपण एवं पूजापाठ कार्य सम्पन्न भएको छ।
Advertisement
तुलसी पूजन दिवस सनातन धर्म मा एक महत्वपूर्ण र पवित्र पर्व हो जुन हरेक वर्ष २५ डिसेम्बर मा मनाइन्छ। यो दिन मुख्यतया तुलसी माताको पूजा र आराधना गर्न समर्पित छ। हिन्दू धर्ममा तुलसीलाई लक्ष्मीको रूप मानिन्छ र तुलसीको पूजा गर्दा घरमा सुख, समृद्धि र अखंड सौभाग्य प्राप्त हुने जनविश्वास रहेको छ । तुलसी पूजाले धार्मिक मात्र नभई सामाजिक तथा पारिवारिक जीवनमा पनि गहिरो प्रभाव पार्छ ।
नेपाल जनता पार्टी जिल्ला कार्य समिति पर्सा को अध्यक्ष अनिल पटेल को अध्यक्षता भएको सो कार्यक्रममा नेपाल जनता पार्टिका केंद्रीय वरिष्ठ नेता सन्तोषानन्द माहाराज,केंद्रीय सदस्य बिनोद पटेल, पारस द्विवेदी, जिल्ला उपाध्यक्ष धीरज शाह,महा मंत्री नवीन मिश्र,सदस्य प्रमोद शर्मा,सुमंत कुमार,रोशना गुप्ता,दीपक,हिरामन, आशीष महतो ,अंशु, प्रकाश झा लगायत को उपस्थिति रहेको थियो।




















प्रतिक्रिया