अभिलाष गुप्ता
पौष १० बिरगंज
Advertisement
बिरगंज पब्लिक कलेज द्वारा बि.पी.सि.हाट बजार मेड इन बिरगंज उद्घाटन समारोह सम्पन्न भएको छ। बिरगंजको
मुर्लीबगैंचा वडा नम्बर १२ स्थित बिरगंज पब्लिक कलेजको नया भवनमा सो कार्यक्रमको उद्घाटन समारोह सम्पन्न भएको हो।
कार्यक्रमको प्रमुख अतिथी बिरगंज महानगरपालिकाको नगर प्रमुख मेयर राजेशमान सिंहको आतिथ्यमा सम्पन्न भएको थियो भने विशिष्ट अतिथिमा बिरगंज पब्लिक कलेजका संस्थापक अध्यक्ष एवम् मधेश बिश्वविद्यालयका संस्थापक अध्यक्ष डा.दिपक शाक्य,पुर्व प्रध्यापक उपेन्द्र कोइराला,त्रिभुवन बिश्वविद्यालयका प्रध्यापक बिजय सिल्वाल,सि.जी.आई. मनिष दास,उधोग बाणिज्यसंघ बिरगंजका वरिष्ठ उपाध्यक्ष हरी गौतम,किरण सर लागाएतकाहरुको उपस्थिति रहेको थियो।
Advertisement
सो कार्यक्रममा बिरगंज पब्लिक कलेजका कार्यकारी निर्देशक युगल किशोर,हरिरत्न तुलाधर एवम् विभिन्न मिडियाका संचारकर्मीहरु अभिलाष गुप्ता,अजित भुजेल,ज्योति लाल,सन्तोष साह,राजु बैठा लगाएतकाहरुको पनि उपस्थिति रहेको थियो।
डा.दिपक शाक्यका भनाई अनुसार बिरगंज पब्लिक कलेजको २५ औं वर्षमा प्रवेश गरेको शुभ अवसरमा विभिन्न कार्यक्रम गर्दै आइरहेको छ।
Advertisement
स्थानीय बजारलाई प्रबर्द्धन गर्ने उदेश्यका साथ सो कार्यक्रम बिगत दुई वर्ष देखि आईरहेको तथा यो कार्यक्रमको मुख्य उदेश्य बिरगंजमा उत्पादन रहेका वस्तुहरु लाई बजारीकरण गर्ने कार्य रहेको जानकारी गराएका थिए।
बिरगंज महानगरपालिकाको नगर प्रमुख मेयर राजेशमान सिंहले” मुकाम” नामक किताब लोकार्पण गरेका थिए त्यो किताब बिरगंज महानगरपालिका द्वारा २० थान बिरगंज पब्लिक कलेजको लाइब्रेरीमा राखन लाई दिईएको बताएका थिए।कार्यक्रममा विद्यार्थीहरु ,समाजसेवी,
प्रध्यापक,अभिभावकवर्गहरु,विभिन्न संघसंस्थाका जनप्रतिनिधिहरुको उल्लेखनीय उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियोे।
आजको कार्यक्रम सहजीकरण बिरगंज पब्लिक कलेजका अर्बिद श्रेष्ठले गरेका थिए।




















प्रतिक्रिया