अभिलाष गुप्ता
पौष ११ बिरगंज
Advertisement
लायन्स क्लब अफ बीरगंज मिलेनियम एम.जे.एफ.र पचरौता नगरपालिकाको सहयोगमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ।उक्त कार्यक्रमका अध्यक्षता बिनोद खंडेलवालले गर्नु भएको थियो भने भूत पुर्व डिस्टिकट गवर्नर डी. एन.अग्रवाल, सचिव रोशन गुप्ता ,सुशील चाचान,,समाजसेवी प्रकाश थारु, ब्राह्मदेव चौधरी लगाएतकाहरु एवं बुद्धिजीवी, सज्जनवर्ग, स्थानीय मानिस , समाजसेवी,सन्चारकर्मी लगाएतकाहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियोे।
उक्त कार्यक्रम लायन्स क्लब अफ बीरगंज मिलेनियम एम.जे.एफ.र बाराको पाचरौता नगरपालिकाको सहयोगमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ। स्वास्थ्य शाखा पचरौता र माट्रिक आई फाउण्डेशन बीरगंजको संयुक्त आयोजना तथा सहकार्यमा उक्त निःशुल्क आँखा शिविर सम्पन्न भएको हो। बेनौली स्वास्थ्य चौकीमा सञ्चालन गरिएको शिविरमा महिला पुरुष गरी ५०१ जनाको निःशुल्क आँखा परीक्षण गरिएको थियो जसमध्ये २५२ जनाको आँखामा मोतिबिन्दु भेटिएको थियोे।
Advertisement
पचरौता नगरपालिकाको वडा नं ७ का स्थानीय बासिन्दालाई लक्षित गरी आयोजना गरिएको आँखा शिविरमा पचरौता नगरपालिकाको अन्य वडालगायत छिमेकी पालिकाहरु आदर्श कोतवाल गाउँपालिका, सिम्रौनगढ़ नगरपालिका, सुवर्ण गाउँपालिका र भारत बिहार राजयका पूर्वी चम्पारण जिल्लाका नेपाल सिमाना नजिकका गाउँबाट पनि सर्वसाधरणहरु आँखा परिक्षण गराउन आएका थिए। जुनसुकै उमेरका मानिसमा पनि यो समस्या देखिन सक्छ तर, अधिकांशमा उमेर बढ्दै गएपछि मोतिबिन्दु हुने सम्भावना पनि बढ्दै गएको पाइन्छ।
मोतिबिन्दु भइसकेपछिको सबैभन्दा प्रभावकारी उपचार शल्यक्रिया नै हो। यो रोग औषधीले ठीक हुँदैन। शल्यक्रिया गर्न नपर्ने अवस्थामा चश्माको प्रयोगबाट पनि धरै हदसम्म सफा हेर्न मद्दत गर्दछ तर पूर्ण सफा हेर्नको लागि शल्यक्रिया नै गर्नु पर्ने हुन्छ। आजभोलि प्रविधिमा आएको विकासले मोतिबिन्दुको शल्यक्रिया गरेको केहि घण्टा मै बिरामी आफ्नो सामान्य दैनिकिमा फर्कन सक्छन्।
Advertisement
शिविरबाट छानिएका मोतिबिन्दुका बिरामीहरुको माट्रिक आई फाउण्डेशन बीरगंजमा बिशेषज्ञ टोलीद्वारा निःशुल्क शल्यक्रिया गरिने छ भनी लायन्स क्लब नेपालका आजिवन सदस्य राधेश्याम खेतानले जानकारी गराएका थिए।




















प्रतिक्रिया