बिरगंज महानगरपालिका वडा नं १० द्वारा क्रिकेटर आरिफ शेख र आशिफ शेखलाई सम्मान

 

अभिलाष गुप्ता
पौष ११ बिरगंज

Advertisement

नेपालको क्रिकेट इतिहासमा सबभन्दा बढी लिकप्रिय खेल नेपाल प्रिमियर लिग (एनपीएल) प्रतियोगितामा जनकपुर बोल्ट्सलाई विजेता बनाउने कप्तान आशिफ शेख र सुदूरपश्चिम रोयल्सलाई उपविजेता बनाउन महत्वपूर्ण भूमिका खेल्ने खेलाडी आरिफ शेख लाई बिरगंज महानगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष सुशील साह कानु ले जनही ५१ हजार नगद सहित प्रशंसा पत्र द्वारा सम्मान गरिएको छ ।

सम्मान गर्दै वडा अध्यक्ष कानुले बिरगंजका प्रतिनिधित्व गर्ने यी दुवै खेलाडीले एनपीएलमा उत्कृष्ट प्रदर्शन गरेर बिरगंजको नाम गर्वले उच्च बनाएकाले वडा कार्यलयले सम्मान गरेको बताए । त्यस्तै उनले आगामी दिनमा युवा पुस्तालाई खेलकुदतर्फ आकर्षित गर्न यस्ता खेलाडीहरु प्रेरणाको स्रोत रहेको पनि बताए ।

Advertisement

उनले आशिफ शेख र आरिफ शेख अगामी दिनमा अझ ठूलो सफलता प्राप्त होस् भन्ने शुभकामना दिएका छन।

Advertisement