एमनेष्टी ईन्टरनेशनल ग्रुप १६ बीरगंज द्वारा मानवअधिकार सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न

 

अभिलाष गुप्ता
पौष १२ बिरगंज

Advertisement

एमनेष्टी ईन्टरनेशनल ग्रुप १६ बीरगंज द्वारा साउथ सिटी हिमाल नर्सिङ हस्पिटल, बीरगंज मा आयोजित मानवअधिकार सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रमको आज एक समारोह बिच वरिष्ठ समाजसेवी प्रकाश कुमार उपाध्याय ले दिप प्रज्वलित गरि उदघाटन गर्नु भयो।
कार्यक्रम मा एमनेष्टी का पुर्व अध्यक्ष राजेश जैन बोथरा ले स्वागत मन्तव्य राख्दै एमनेष्टी को ईतिहास को बारेमा मनतव्य राख्नु भएको थियो।

उक्त कार्यक्रम का प्रमुख अतिथि प्रकाश कुमार उपाध्याय ले संयुक्त राष्ट्र संघ द्वारा १० डिसेम्बर १९४८ मा पारित मानव अधिकार सम्बन्धि विश्वव्यापी घोषणापत्र तथा मौलिक अधिकारको बारे मा आफ्नो विचार राख्दै एमनेष्टी ईन्टरनेशनलको भुमिका बारे आफ्नोे मनतव्य राख्नु भएको थियो।

Advertisement

कार्यक्रम मा समाज सेवी प्रेम शंकर सिंह, एमनेष्टी का सचिव एवं प्रशिक्षक रजनिस झा, हिमाल नर्सिङ का प्रिन्सिपल समेत करिब १०० जना प्रशिक्षार्थि विद्यार्थीहरू को उपस्थिती रहेको थियो।

कार्यक्रम को संचालन एमनेष्टी ग्रुप १६ को उपाध्यक्ष संगीता पटेल ले गर्नुभएको थियो।

Advertisement