अभिलाष गुप्ता
पौष १२ बिरगंज
बिरगंजस्थित डीएभी रुक्मिणी बनारसी केडिया स्कूलमा तेस्रो संस्करणको श्री शंकरलाल केडिया मेमोरियल अन्तरविद्यालय फुटबल प्रतियोगिता आज छेठाँ दिन संचालन भएको छ।
Advertisement
सो प्रतियोगितामा बिरगंजका विभिन्न १२ वटा विद्यालयका विद्यार्थीहरु सहभागी हुनेछन ।
उनिहरुको बीचको प्रतिस्पर्धाले खेलप्रेमी दर्शकहरूलाई अझै मनोरञ्जन प्रदान गर्ने विश्वास गरिएको छ।
स्कुलले हरेक वर्ष यो प्रतियोगिता आयोजना गर्ने गरेको छ । त्यसैको निरन्तरतास्वरुप तेस्रो संस्करण गर्न थालिएको हो।
यो खेल भोलि १३ गते फाइनल संचालन हुने छ।
Advertisement
उक्त खेलमा बिरगंजका डि.ए.भी. स्कुल,ज्ञान्दा एकेडमी ,साउथ जोन स्कुल,मनकामना स्कुल,कादम्बरी एकेडमी,डिपिएस स्कुल,मुन लाइट स्कुल,जीवन ज्योति,लिटिल फ्लावर,मालिनी एकेडमी,मेरी गोल्ड स्कुल,काभेरी एकेडमी गरि १२ वटा स्कुल सहभागी भएका छन।
आजको पहिलो खेलमा मुनलाइट स्कुल र ज्ञान्दा एकेडमी
बीच भएको थियोे।
Advertisement
उक्त खेलमा मुन लाइट स्कुलले ज्ञान्दा एकेडमी लाई ८-२ को अन्तरले पराजित गरेको छ।उक्त खेलको म्यान अफ दि म्याच
मुनलाइट स्कुलका जर्सी नम्बर ११ एलेकश तामाङ घोषित भएका थिए। भने
आजको दोस्रो खेलमा डि.पि.एस स्कुल र लिटिल फ्लावर
बीच भएको थियोे।
उक्त खेलमा लिटिल फ्लावरले डि.पि.एस स्कुल
लाई ५-२ को अन्तरले पराजित गरेको छ।उक्त खेलको म्यान अफ दि म्याच लिटिल फ्लावरका जर्सी नम्बर १० का निशान पुडासैनि घोषित भएका थिए।




















प्रतिक्रिया