महिला समाजसेवी एवम वडा न.५ का वडा सदस्य सन्जु दहालद्वारा बिरगंज समाज सेवा संस्थालाई नगदसहयोग

 

अभिलाष गुप्ता
पौष १३ बिरगंज

Advertisement

आज बिरगंज महानगरपालिका वडा नम्बर ५ की महिला समाजसेवी एवम वडा न.५ का वडा सदस्य सन्जु दहाल द्वारा बिरगंज समाज सेवा संस्थालाई नगदसहयोग गरेकी छीन। उनले आज बिहान १० बजे स्वेम उपस्थित भई सो नगद रकम
बिरगंज समाज सेवाका सचीव प्रकाश बहिति लाई दिएकी थिन।

उनका भनाई अनुसार यो खाना खुवाउने कार्य एकदम पुण्यको कार्य हो यस्तो कार्यमा सबै जनालाई मनले सहयोग गर्न आग्रह समेत गेरेकी थिईन उहाले भन्नू भो आज मलाई पनि यस्तो पुण्यको कार्य गर्न पाउँदा धेरै खुसी भएको छु गरिब,निमुखा,बिरामी,कुरुवा,असहायहरु लाई खाना खुवाउन पाउँदा मन देखी अत्यन्तै खुसीको अनुभूति महसुस हुँदै छ। अब आउने दिनमा पनि म संगजे जति सहयोग हुन्छ म गर्ने छु। वहाले थपनु भो की यस सामाजिक कार्यको लागि हुनेले केहि न केहि सहयोग गरौ , मनकारि दाताहरुलाई आफ्नो तन , मन र धनले जति सकिन्छ त्यति सहयोग गर्न आग्रह समेत गर्नु भएको थियोे ।

Advertisement

आज बिरगंज समाज सेवाको आयोजनामा ३३ औं हप्ता निशुल्क खाना बितरण कार्यक्रम सम्पन्न भएको थियो।

प्रत्येक शनिबार बिहान १० बजे देखि नारायणी अस्पतालको प्राङ्गणमा निशुल्क भोजन खुवाउदै आएकोमा आज पनी निशुल्क भोजन गराईएको हो।

Advertisement

सो भोजन नारायणी अस्पतालमा बिरामीहरु , कुरुवाहरु लगायत गरिब ,असहायहरुलाई सहज होस भनि हरेक सप्ताहको शनिबार बिहानको १० बजे देखि सुद्ध सफा र पोसिलो युक्त खाना खुवाउने गरिन्छ।

शुद्ध शाकाहारि खानामा स्वादिष्ट दाल , भात , तरकारी , अचार रहेको र ४५० देखि ५०० जनाले हरेक हप्ता खाने गरेको बिरगंज समाज सेवाका सदस्य अभिलाष गुप्ताले जानकारी दिनु भयो। मानाव सेवा नै सब भन्दा ठुलो सेवा हो तेसैले सेवा गर्न चाहनेहरुले हामी संग मिलेर सेवा गर्न अनुरोध समेत गर्नु भएको थियो।

आजको सो नि-शुल्क भोजन कार्यमा उपस्थित भैइ सहयोग गर्नेहरुमा अध्यक्ष अशोक कुमार गुप्ता , उपाध्यक्ष मनोज प्रसाद रौनियार , सचिब प्रकाश बहिति , कोषाध्यक्ष बिनोद सरार्फ , सदस्यहरु मदन प्रसाद गुप्ता , राजु रुङ्ग्टा , वकिल प्रसाद रौनियार , रमेश अग्रवाल , बिरेन्द्र प्रसाद आर्या , हरेन्द्र प्रसाद , निसान्त लाठ,देवव्रत आर्या,राम बाबू, राधेश्याम गुप्ता , सन्चारकर्मी अभिलाष कुमार गुप्ताको सहभागीता रहेको थियो ।