अभिलाष गुप्ता
पौष १३ बिरगंज
Advertisement
बिरगंज स्थित श्रीआदर्श माध्यमिक विद्यालयको ४५ औं वार्षिकोत्सवको अवसरमा उत्कृष्ट विद्यार्थीहरुलाई सम्मानित गरिएको छ। स्कुलले आफ्नो ४५ औँ वार्षिकोत्सबको अवसरमा सो कार्यक्रम आफ्नै बिधालयको प्रारङगमा सम्पन्न गरेको हो।
सो कार्यक्रमका प्रमुख अतिथी मधेश विश्व बिधालयका उपकुलपति एवं समाजसेवी डा.दिपक शाक्यको आतिथ्यमा सम्पन्न भएको हो।सो कार्यक्रमका अध्यक्षता यस स्कुलका प्रीन्सिपल राम बिनोद पाण्डेले गरेका थिए भने
श्रीआदर्श माध्यमिक विद्यालयका डाइरेक्टर हरिरत्न तुलाधर,स्कुलका ,सन्चारकर्मी अभिलाष गुप्ता,राज सराफ,बिधालयका पि.जि.का कोडिनेटर मौसम भङ्गर लगाएतकाहरुको पनि उपस्तिथि रहेको थियो।
Advertisement
यस कार्यक्रमम श्रीआदर्श माध्यमिक विद्यालयका पि.जि.कक्षा देखि १० कक्षा सम्मका विद्यार्थीहरु एवम् उनको अभिभावकहरु, शिक्षकहरुको उल्लेखनीय उपस्थिति रहेको थियोे।
सो वार्षिकोत्सवको अवसरमा उत्कृष्ट विद्यार्थीहरुलाई सम्मानित एवम् सासना बालबालिकाहरुको नृत्य तथा विभिन्न जातजातिको संस्कार र संस्कृति र उत्कृष्ट प्रदर्सन समेत गरेका थिए।
Advertisement
सो कार्यक्रम सहजीकरण पुजा मुनद्रा र सिम्रन कुमारी गुप्ताले गरेकी थिईन।




















प्रतिक्रिया