अभिलाष गुप्ता
पौष १३ बिरगंज
Advertisement
आज सम्यक फाउन्डेशन एवं बिरगंज भोलेन्टीयरको सहयोगमा बृहत खुल्ला रक्तदान सम्पन्न सम्पन्न भएको छ।सो रक्तदान कार्यक्रम बिरगंज वडा नम्बर ३० स्थित प्रसोतिपुरमा सम्पन्न भएको हो भने उक्त कार्यक्रममा प्रमुख अतिथि बिरगंज महानगरपालिकाको नगर प्रमुख मेयर राजेशमान सिंहको आतिथ्यमा सम्पन्न भएको थियोे।विशिष्ट अतिथिमा युवा नेता रहबर अन्सारीको पनि उपस्थिति रहेको थियो।
युवा नेता रहबर अन्सारीका अनुसार स्थानीय समुदाय र विशेषगरी युवाहरूको जोश र समर्पणले मलाई निकै प्रभावित बनायो। रगतको अभाव र आवश्यकताबीच हुने असन्तुलनले धेरै बिरामीहरूले कष्ट भोग्नुपर्छ। यस्ता कार्यक्रमहरूले स्थानीय स्तरमा रक्तदानको महत्त्वबारे जागरूकता फैलाउँदै, आपूर्ति र आवश्यकताको अन्तरलाई कम गर्न महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए।
Advertisement
उक्त रक्तदान कार्यक्रममा ३६ जना रक्तदाताहरुले आफ्नो अमुल्य रक्तदान गरेका थिए। सो रक्तदान कार्यक्रममा रक्तदान गर्नु हुनेमा मुकेश यादव,बिरेन्द्र यादव,रामाशंकर,लक्षमन साह,शुनिल कुमार,राधेश्याम गुप्ता लगायतकाहरुले रक्तदान गरेका थिए।
उक्त रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रेशमकोठि शाखाका युवा सन्योजक अभिलाष गुप्ता, रक्तसंचार बिरगंजका मनिष गुप्ता, नितेश यादव साह लगाएतकाहरुले प्राबिधिक सहयोग गरेका थिए।




















प्रतिक्रिया