निशुल्क आँखा तथा कान शिविर सम्पन्न
अभिलाष गुप्ता
पौष १३ बिरगंज
Advertisement
पर्सा जिल्लाको जगरनाथपुर गाउपालिका वडा नम्बर ४ स्थित सुहपुर गाउको श्री नेपाल रा.प्रा.विघालय को प्रांगणमा निशुल्क
आँखा तथा कान शिविर सम्पन्न भएको छ।
केडिया ऑखा अस्पतालको आयोजना तथा दाइजो एवम सामाजिक कुरिति विरुद जागरण मंच को सहकार्यमा सम्पन्न भएको थियोे।
Advertisement
उक्त कार्यक्रमका अध्यक्षता जनमत पार्टीका नेता बृजेश्वर प्रसाद चौघरीले गरेका थिए भने प्रमुख अतिथिमा केडिया ऑखा अस्पतालका कार्यक्रम संयोजक डा. रासदेव साहको आतिथ्यमा सम्पन्न भएको थियो भने स्वागत मन्तब्य यूवा नेता अमर सिंह राठौरले गरेका थिए भने विशिष्ट अतिथिमा सुहपुर स्कुल का प्राधानाध्यापक मणिभूषण दुवेदी,यूवा नेता केदार पटेल,सामाज सेवी ठाकुर वडा न ४ का वडा सचिव सुभाष मिया,ठाकुर प्रसाद चौघरी,चेक पोष्टका प्रहरी हवलदार परम प्रसाद यादव,अजय साह,रामबालक राम,डाक्टर राकेश गिरी,मुक्नुद कुमार खत्री,अम्बिका लाल साह,राजेश बहादुर अधिकारी,डौक्टर संदिप जैसवाल मुकेश चौघरी,नागेन्द्र पटेल,राबड़ी देवी,लालसा देवी लगायतकाहरुको विशेष उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा जम्मा ५५६ जनाको ऑखा तथा कान चेकजॉच गरिएको थियो। जसमा १८५ जनालाई मोतियाविन्दु फेला परेको थियो भने ६४ जनालाइ कान चेकजॉच गरी पठाइएको थियोे जसमा १६९ जना लाइ कानको ड्रप पनि दिइएको दिईएको थियो।यसरी यी मोतियाविन्दु भएको बिरामीहरुलाइ पालै पालो गरी शैल्यक्रिया गरी आफ्नै स्रोत साधन बाट घर फरकाउने डा. रासदेव साहले बताएका थिए।
उक्त कार्यक्रम संचालन शेषनाथ सिंह ले गर्नु भएको थियोे।
Advertisement




















प्रतिक्रिया