अभिलाष गुप्ता
पौष १३ बिरगंज
Advertisement
नेपाल आदिवासी जनजाती पत्रकार महासंघ ( फोनिज ) पर्साको आज बिरगंजको होटेल गेट वे मा चौथो जिल्ला अधिवेशनबाट सर्वसम्मतिबाट अध्यक्ष पदमा मुनेश लायो मगर , उपाध्यक्षमा ओमप्रकाश चौधरी , सचिबमा एन्जल चौधरी , सहसचिवमा रामकिशोर चौधरी , कोषाध्यक्षमा सन्जय दास थारु , सदस्यमा मेघराज राय र अर्जुन चौधरी गरि ७ सदस्यीय कार्य समिति चयन भएको फोनिज मधेस प्रदेशका ईन्चार्ज निरज पिठाकोटे मगरले जानकारी दिनुभयो ।
त्यसैगरि फोनिज पर्साले बारा , पर्साबाट नेपाल पत्रकार महासंघमा निर्वाचित हुनु भएको फोनिज सहकर्मी साथीहरुलाई सम्मान गरेको छ । सम्मानित हुनु हुनेमा पर्साबाट अजित कुमार भुजेल , बाराबाट दुष्यन्त चौधरी , जियालाल चौधरी र नवीन चौधरी रहेका थिए ।
Advertisement
चौथो जिल्ला अधिवेशन नेपाल आदिवासी जनजाति पत्रकार महा संघ ( फोनिज ) मधेस प्रदेशका ईन्चार्ज निरज पिठाकोटे मगरको विशेष उपस्थिति र मधेस प्रदेशका अध्यक्ष दुष्यन्त चौधरीको उपस्थितिमा भएको सो कार्यक्रममा फोनिजका पर्सा सस्थापक जगत राई , मधेस प्रदेश सदस्य जियालाल चौधरी , मधेस प्रदेश सदस्य सम्भु महतो थारु , पुनम चौधरी , बाराका सदस्य नवीन चौधरी , उदय दास थारु , सन्तोषमान रन्जितकार , शेखर चौधरी लगायतको उपस्थिति रहेको थियो ।




















प्रतिक्रिया