प्रधानमन्त्री ओलि द्वारा सम्बोधन एवम पाँच हजारभन्दा बढी व्यक्ति एमालेमा प्रवेश

 

Advertisement

अभिलाष गुप्ता 

 पौष १४ बिरगंज

Advertisement

एमालेको पर्सा जिल्ला कमिटीद्वारा सो गाउँपालिकाको वडा नम्बर २ औराहा पञ्चगावामा आयोजित बृहत् पार्टी प्रवेश तथा जनसभा कार्यक्रममा जयसवालसहित करिब पाँच हजार नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् ।

आइतबार पर्साको सखुवा प्रसौनी गाउँपालिकाको औराहा पचगावामा आयोजित बृहत् पार्टी प्रवेश कार्यक्रम तथा जनसभालाई सम्बोधन गर्दै ओलीले अन्य पार्टीका कार्यकर्तालाई एमालेमा प्रवेश गर्न आह्वान गरेका छन् ।

Advertisement

ओलीले मधेसका सामाजिक र आर्थिक समस्याहरू समाधान गर्ने जिम्मेवारी एमालेले मात्र लिन सक्ने दाबी गरे । हुलाकी राजमार्ग निर्माण, १० स्मार्ट सिटीको परिकल्पना, र सुनकोसी मरिन डाइभर्सन सिँचाइ आयोजना एमाले नेतृत्वको सरकारले अगाडि बढाएको उनले उल्लेख गरेका थिए ।

कार्यक्रममा सखुवा प्रसौनी गाउँपालिकाका पूर्व अध्यक्ष प्रदीप जयसवालको नेतृत्वमा पाँच हजारभन्दा बढी व्यक्ति एमालेमा प्रवेश गरेको नेकपा एमाले पर्साले दाबी गरेको छ । प्रधानमन्त्री ओलीले जयसवाललाई अबीर टीका लगाएर पार्टीमा स्वागत गरेका थिए ।

कार्यक्रमलाई एमाले पर्साका अध्यक्ष डा. विश्वम्भर शर्मा, सङ्घीय मामिला तथा स्थानीय प्रशासन मन्त्री राजकुमार गुप्ता, पूर्व मन्त्री ज्वाला साह, एमालेका मधेस प्रदेश इन्चार्ज लीलानाथ श्रेष्ठ, र प्रतिनिधि सभा सदस्य प्रभु हजरा लगायतले सम्बोधन गरेका थिए ।आज सखुवा प्रसौँनीकाे ओैराहा पचगावामा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रम तथा जनसभालाई सम्बोधन गर्दै एमालेका अध्यक्षसमेत रहेका ओलीले जनताको जीवनमा परिवर्तन ल्याउने क्रान्ति गर्न आवश्यक रहेको बताएका हुन्।

हामी क्रान्तिकारी हौँ। क्रान्तिमा लाग्नु भनेको तोडफोड र जुलुस गर्नु होइन, अब जीवनमा परिवर्तन ल्याउने क्रान्ति गर्न आवश्यक छ। मधेसका मसिहा भन्ने पार्टीका नेताहरुले विकास निर्माणमा नभई संविधानका धाराको राजनीतिमा जनतालाई अलमल्याउने काम गरे। हामी त्यस्तो गर्दैनौँ। मान्छेलाई अधिकारसहित सम्पन्न बनाउन उत्पादन र उद्यमशीलतालाई हामीले महत्व दिएका छौँ।’

उनले मुलुकमा राजनीतिक क्रान्ति भइसकेकाले अब जनताको जीवनमा परिवर्तन ल्याउने क्रान्ति आवश्यक भएको बताए। ओलीले अहिलेको सरकारले देशको विकास र जनताको जीवनमा सकारात्मक परिवर्तनका लागि कटिबद्ध रहेको बताएका थिए सो कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य उर्मिला महतो, नेकपा माओवादी केन्द्र र नेपाली काङ्ग्रेसबाट पनि एमालेमा प्रवेश गरेका हुन् । कार्यक्रममा पर्साबासीका तर्फबाट जिल्लाको क्षेत्र नम्बर ३ का सङ्घीय सांसद एवं सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले प्रधानमन्त्री ओलीको नागरिक अभिनन्दन गरेका थिए ।

कार्यक्रममा एमालेको मधेस प्रदेश इञ्चार्ज लीलानाथ श्रेष्ठ,मधेश प्रदेश सदस्य बिना शर्मा र पार्टीका नेता रम्भा देबी कलवार,नेताहरु पुरुषोत्तम पौडेल, हरि उप्रेती, प्रभु हजारा सुमनराज प्याकुरेल, ज्वालाकुमारी साह, मधेस प्रदेशको भौतिक पूर्वाधार मन्त्री सरोज यादव, खेलकुद तथा समाज कल्याणमन्त्री प्रमोद जयसवाल एवम् सर्वसाधारण मानिस तथा विभिन्न मिडिया बाट संचारकर्मीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।