विधा सदन स्कुलमा एमनेष्टी ईन्टरनेशनल ग्रुप १६ बीरगंज द्वारा मानवअधिकार सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न

 

Advertisement

अभिलाष गुप्ता 

पौष १४ बिरगंज

Advertisement

 

एमनेष्टी ईन्टरनेशनल ग्रुप १६ बीरगंज द्वारा विद्या सदन स्कुल मुर्ली बीरगंजमा आयोजित मानवअधिकार सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।सो कार्यक्रम एम्नेस्टी इन्टरनेशनल नेपाल समूह १६ द्वारा विद्या सदनमा सम्पन्न भएको थियोे उक्त कार्यक्रममा मानवअधिकार शिक्षा श्रृङ्खलाबद्ध रुपमा सञ्चालन भएको छ आजको कार्यक्रममा एम्नेस्टी इन्टरनेसनल नेपालका पूर्व अध्यक्ष राजेश जैन बोथरा मानवअधिकार शिक्षा प्रशिक्षक श्री रजनीश झा सञ्चालक समितिका सदस्य सुनिल महतो एवम् शिक्षक विद्यार्थीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।

Advertisement

कार्यक्रममा एमनेष्टी का पुर्व अध्यक्ष राजेश जैन बोथरा ले स्वागत मन्तव्य राख्दै एमनेष्टी को ईतिहास को बारेमा मनतव्य राख्नु भएको थियो।

 

 

 

मानवअधिकार शिक्षा प्रशिक्षक रजनीश झाले मानव अधिकार सम्बन्धि विश्वव्यापी घोषणापत्र तथा मौलिक अधिकारको बारे मा आफ्नो विचार राख्दै एमनेष्टी ईन्टरनेशनलको भुमिका बारे आफ्नोे मनतव्य राख्नु भएको थियो।

प्रशिक्षक रजनिस झा, बिधा सदन स्कुलका प्रिन्सिपल लाल बहादुर गुरुङको उपस्थिति रहेको थियोे आजको कार्यक्रममा करिब ११५ जना प्रशिक्षार्थि विद्यार्थीहरूको उपस्थिती रहेको थियो।