अभिलाष गुप्ता
पौष १५ बिरगंज
Advertisement
रौतहटको राजदेवी नगरपालिका वडा नम्बर ५ स्थित दलित बस्तीमा आइतबार मध्यराति भएको आगलागीबाट २५ घर जलेर पूर्ण रूपमा नष्ट भएका छन्। स्थानीय बाबुलाल हजराको घरमा विद्युत् शर्ट सर्किट भएर आगो सल्किएपछि दीपेन्द्र पासवान, प्रदीप पासवान, रामनाथ हजरा लगायतका परिवारका घरहरूमा आगो फैलिएको हो।
घटना भएको जानकारी पाएपछि प्रहरी चौकी ब्रह्मपुरी, सशस्त्र प्रहरी बलको बीओपी बेलविछवा र गौर नगरपालिकाको वारुणयन्त्रको सहायताले आगो नियन्त्रणमा लिइएको थियो।
Advertisement
रौतहट प्रहरीले दिएको जानकारी अनुसार आगलागीबाट लाखौंको आर्थिक क्षति भएको अनुमान गरिएको छ। आगलागीको कारण घरधनीहरू बिचलित छन् भने राहत तथा पुनःस्थापनाका लागि स्थानीय प्रशासनसँग सहकार्य भइरहेको छ।
आगलागी भएको खबर पाउना साथ बीओपी बेलबिछवाबाट सशस्त्र प्रहरीका सई मदन कुमार शाहको कमान्डमा १० जना, प्रहरी चौकी बसन्तपुरबाट असई रामलगन दासको कमान्डमा ५ जना, गौर नगरपालिकाको दमकल र स्थानीयवासीहरुको सहयोगमा बिहान साढे ३ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको थियो । अन्य मनवीय क्षति नरहेको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी विक्रम हुमागाईँले जानकारी दिए ।
Advertisement




















प्रतिक्रिया